२०८२, ३० फाल्गुन आईतबार

काभ्रेका टिपर ब्यवसायीहरुको चेतावनीः ‘दिउँसो चल्न नदिए सरकारलाई चाबी बुझाउँछौँ’

काभ्रेका टिपर ब्यवसायीहरुको चेतावनीः ‘दिउँसो चल्न नदिए सरकारलाई चाबी बुझाउँछौँ’


काभ्रे हुदैँ निर्माण सामग्री ढुवानी गर्दै आएका ट्रक टिपर ब्यवसायीहरुले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् ।

वाग्मती टिपर ब्यवसायी संघ, स्वरोजगार ट्रक, पिटर ब्यवसायी संघ र अखिल नेपाल यातायात मजदुर संघ, ३ नम्बर प्रदेशले संयुक्त विज्ञप्ति निकालेर आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले दिउँसो टिपर चलाउन पाउनुपर्ने र प्रहरीको अभद्र ब्यवहार सुधार गर्नु पर्ने मूख्य माग राखेका छन् ।

सुनकोशी र इन्द्रावती नदी किनारमा सञ्चालित क्रसर उद्योगबाट गिटी, बालुवा, रोडा, ढुंगा जस्ता निर्माण सामग्री लिएर अरनिको र बीपी राजमार्ग हुदैँ दैनिक सयौँको संख्यामा टिपर र ट्रक राजधानी भित्र्ने गरेका छन् ।

दिउँसो चलाउन नपाउँदा निर्माण सामग्रीको भाउ ह्वात्तै बढेको भन्दै उनीहरुले पहिलो चरणमा गृह मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने, शान्तिपूर्ण प्रदर्शन र कोणसभा गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

त्यस्तै दोस्रो चरणमा आफ्ना ट्रक, टिपरहरु घर ग्यारेजमा थन्क्याएर राख्ने र तेस्रो चरणमा सम्पूर्ण ट्रक, टिपरको चाबी र बिलबुक नेपाल सरकारलाई बुझाउने कार्यक्रम तय गरेका छन् । टिपरकै कारण सडक दुर्घटना बढेको भन्दै दिउँसोको समयमा टिपर सञ्चालनमा सरकारले कठाइ गरेको हो ।

उपत्यका भित्र राति ८ बजेदेखि बिहान ५ सम्ममात्रै पिटर सञ्चालन गर्न पाउने नियम बनाएपनि काभ्रेको धुलिखेल, बनेपा, साँगा सम्म समेत दिउँसो चल्न नपाएपछि टिपर ब्यवसायीहरु आक्रोशित बनेका हुन् । राति सवारी साधन चलाउनु पर्दा असुरक्षा भएको उनीहरुले बताएका छन् । ‘राती गाडी चलाउँदा धेरै मजदुरहरु कुटिएका छन्, अभद्र ब्यवहार खेप्नु परेको छ, परिवारबाट टाढिएका छन्, विज्ञाप्तिमा लेखिएको छ,‘असुरक्षाका कारण ब्यवसायी र मजदुर पलाएन हुने अवस्था आएको छ ।’

                                                  हेर्नोस विज्ञाप्ति

भक्तपुर जिल्ला सुरक्षा समितिको आग्रहमा काभ्रे जिल्ला सुरक्षा समितिले आफ्नो क्षेत्र हुदैँ राजधानी प्रवेश गर्ने टिपरलाई ६८ किलो मिटर दुरीमा रहेको नेपालथोक, ५८ किलो मिटर दुरीमा रहेको दोलालघाट र ६२ किलो मिटर टाढा रहेको हिगुवाटीमै रोकेर राति ८ बजेपछि मात्रै आवातजावात गर्न दिएको ब्यवसायीहरुले बताएका छन् । यसो गर्दा काभ्रे जिल्लाभित्रै पनि ढुवानी गर्न निकै समस्या परेको विज्ञप्तिमा भनिएको छ ।

टिपर रातिको समयमात्रै सञ्चालन गर्ने तर यातायात कार्यालय नखुल्न भएका कारण सवारी जाँचपास, नामसारी, नवीकरण लगायतका अध्यावधिक गर्ने कार्य ठप्प भएको विज्ञाप्तिमा लेखिएको छ । ‘हाल सञ्चालनमा रहेका धेरै पिटर र ट्रकको जाँचपास र नवीकरण अवधि समाप्त भइसकेको छ, यसैलाई कारण देखाउँदै प्रहरीले चेकजाँचको क्रममा जरिवाना तिराउने गरेको छ, विज्ञाप्तिमा उल्लेख गरिएको छ,‘कतिपय अवस्थामा अनिमितता र घुरखोरीसँगै अनावशयक हैरानी खेप्नु परेको छ ।’

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  १ : ४६ बजे

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । नेपाल सरकार को मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

कांग्रेसले टुंग्यायो समानुपातिक सूची, २० मध्ये १५ जना महिला

काठमाडौं । नेपाली कांग्रेस ले प्रतिनिधिसभातर्फका २० जना समानुपातिक सांसदहरूको

राप्रपाले टुंग्यायो ४ समानुपातिक सांसद, को-को परे सूचीमा ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको समानुपातिकतर्फ पठाउने

सूर्यविनायकमा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ सुरु

भक्तपुर, ३० फागुन । सूर्यविनायक नगरपालिका र नेपाल रेडक्रस सोसाइटी

रास्वपाले भन्यो-समानुपातिक सूची आज बुझाउने, नयाँ सरकार बन्न १० दिन लाग्नसक्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीबाट समानुपातिक सांसद