२०८२, १२ माघ सोमबार

वास्तुशास्त्र भन्छ : यस्तो समयमा गरेको कामले शुभ फल दिन्छ

वास्तुशास्त्र भन्छ : यस्तो समयमा गरेको कामले शुभ फल दिन्छ


यदि शास्त्रलाई मान्ने हो भने हाम्रो जीवनमा वास्तुशास्त्रले एकदमै महत्वपूर्ण भूमिका निभाउँछ । केही यस्ता उपाय जसले तपाई आफ्नो जीवनलाई सहज र शुभ बनाउन सक्नुहुन्छ । सुर्यले वास्तुशास्त्रलाई प्रभावित गर्छ, त्यसैले सुर्यअनुसार नै हामी भवन तथा घर निर्माण गर्न जरुरी हुन्छ । तपाईको दिनचर्या पनि सूर्यअनुसार निर्धारित रहन्छ र सुर्यको प्रभावसँगै घुम्ने समयले शुभ फल दिन्छ ।

सुर्योदयअघि रातिको २ बजेदेखि बिहान ६ बजेसम्म ब्रम्ह मुहुर्त हुन्छ । यो समय चिन्तन–मनन वा अध्ययनका लागि राम्रो मानिन्छ । बिहान ६ बजेदेखि ९ बजेसम्म सूर्य घरको पूर्वी भागमा आइपुग्छ, त्यसैले घर यस्तो बनाउँनुहोस् कि पर्याप्त सूर्यको किरण परोस् ।त्यस्तै, ९ बजेदेखि मध्यान्ह १२ बजेसम्म सूर्य घरको दक्षिण–पूर्वमा हुन्छ । यो समय खाना बनाउनका लागि उत्तम मानिन्छ । १२देखि ३ बजेसम्मलाई आरामको समय मानिन्छ । सुर्य दक्षिण–पश्चिम भागमा पुग्ने हुँदा शयन कक्ष यही दिशामा बनाउनु राम्रो हुन्छ ।

यस्तै, दिउसो ३ बजेदेखि ६ बजेसम्म अध्ययन र कामको समय हुन्छ । साझ ६ बजेदेखि रातको ९ बजेसम्म खाने समय, बस्ने र पढ्ने समय हो । त्यसैले घरको पश्चिमी कुनामा भोजन वा बैठक कक्षका लागि उत्तम मानिन्छ । राति ६ बजेदेखि मध्य रातिसम्म सुर्य घरको उत्तर पश्चिममा हुन्छ । यो दिशा शयन कक्षका लागि पनि उपयोगी मानिन्छ । मध्यरातिदेखि ३ बजेसम्म सुर्य घरको उत्तर–पश्चिमी दिशामा पुग्छ । यो समय अत्यन्त गोपनीय हुन्छ । यो दिशा वा समय मुल्यवान वस्तु तथा सम्पति आदि राख्नका लागि पनि उत्तम मानिन्छ ।

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  ९ : ३६ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै