२०८३, १५ कार्तिक आईतबार

दाताको खर्चमा पालैपालो कर्मचारीको विदेश भ्रमण

दाताको खर्चमा पालैपालो कर्मचारीको विदेश भ्रमण


काठमाडौँ, ७ असोज : वन तथा वातावरण मन्त्रालयका कर्मचारी आफुअनुकुल दातको खोजी गर्दै विदेश भ्रमणमा जाने गरेका छन् । उनीहरु सबै दातृ निकायको आर्थिक सहयोग विदेश गएका हुन् । दाताको खर्च विदेश घुम्नेमा सचिव, सहसचिव, उपसचिव, अधिकृतलगायत छन ।

काम थाती राखेर कर्मचारी पालैपाले विदेश जाने गरेका छन् । विदेश भ्रमणपछि दाताकैअनुकुल निर्णय गर्ने गरेको आरोप लाग्ने गरेको छ । मन्त्री शक्तिबहादुर बस्नेतलाई नटेरी दाताको खर्चमा कर्मचारी विदेश घुम्ने गरेका छन् । सचिव डा. विश्वनाथ आली तीन महिनाको अवधिमा दुईपटक विदेश गइसकेका छन् ।

ओली १९ देखि २४ भदौसम्म युएनसिसिएसको आर्थिक सहयोगमा थाईल्यान्ड घुमेका थिए । साउनमा पनि दातृ निकायकै बजेटमा एक साताका लागि जर्मन गएका थिए । वन तथा भुसंरक्षण विभागका महानिर्देशक रामप्रसाद लम्साल एकै महिनामा दुईपटक विदेश भ्रमण गर्ने महानिर्देशकमा पर्छन । लम्सालले ३ देखि ५ भदौसम्म युएनको आर्थिक सहयोगमा सिरियाको भ्रमण गरेका थिए ।, भने १५ देखि २४ भदौसम्म थाईल्यान्डको भ्रमण गरेका थिए ।,आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  ७ : ४० बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक