२०८३, २८ आश्विन बिहीबार

सधैँ दशैँको मुखमा ग्यास अभावको त्रास

सधैँ दशैँको मुखमा ग्यास अभावको त्रास


काठमाडौं, असोज ७ : उद्योगीले आफ्नो माग पूरा गर्न दबाब दिने उदेश्यले बर्सेनी दशैंअघि ग्यास अभावको सिर्जना गर्ने गरेका छन् । यसपटक पनि साताअघि पत्रकार सम्मेलन गरी ग्यास उद्योग संघले ग्यास ढुवानी गर्ने बुलेटको भाडादर नबढाए आपूर्तिमा समस्या हुने बताएका छन् । आजको नयाँ पत्रिकामा यो समाचार छ ।

तत्काल भारतीय बुलेटधनीको मागअनुसार भाडादर समायोजन नभए दशैंतिहारजस्तो चाडपर्वमा ग्यासको हाहाकार हुन सक्ने संघको भनाइ छ । निगमले प्रतिसिलिन्डर उद्योगीलाई २८१.०५ रुपैयाँ दिँदै आएको छ । उद्योगीलाई एकमुष्ट यो रकम दिएर प्रतिसिलिन्डर १४ सयमा बेच्दा निगमलाई ३०९.७९ रुपैयाँ नोक्सान छ । उद्योगीले भनेजस्तो ढुवानी खर्च बढाइदिँदा उपभोक्ता मूल्य र निगमको नोक्सानी बढ्नेछ । उद्योगीले सात आठ बर्षदेखि हरेक दशैंअघि आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  ६ : ५० बजे

कांग्रेसको दलित सहमहामन्त्रीमा स्नेहीको फराकिलो जित

काठमाडौं । नेपाली कांग्रेसको दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली ‘स्नेही’

पोखरामा उठेका मुद्दा विराटनगरमा पनि अलपत्रकै चिन्ता, प्रदेशले फेरि मागे अधिकार

विराटनगर । दुई वर्षअघि पोखरामा उठेका संघीयता कार्यान्वयनका मुद्दा अझै

उद्योगमन्त्री साह र चिनियाँ राजदूतबीच भेट, व्यापार र लगानी विस्तारमा छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका

सूर्यज्योति लाइफको ‘कस्टमर ३६०’ पोर्टल सञ्चालनमा, अब अनलाइनबाटै केवाईसी अपडेट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको केवाईसी विवरण

सिटिजन्स बैंकले बाँड्यो ६२ करोड लाभांश, सेयरधनीलाई ४ प्रतिशत प्रतिफल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई ६२ करोड रुपैयाँभन्दा