२०८२, २९ असार आईतबार

प्रधानमन्त्री कार्यालयविरुद्ध उजुरी घट्दै

प्रधानमन्त्री कार्यालयविरुद्ध उजुरी घट्दै


काठमाडौं, असोज ७ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध पर्ने उजुरीको संख्या घट्दै गएको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । कार्यालयमा रहेको कानुन तथा फैसला कार्यान्वयन महाशाखाका अनुसार आर्थिक बर्ष २०७३/०७४ वर्षमा ५ सय ३० वटा उजुरी परेका थिए । गत वर्षको उजुरी संख्या ४ सय ४८ मात्र रहेको छ ।

कार्यालयले उजुरी संख्या घट्दै गएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर आएका उजुरीमा महाशाखाले जवाफ दिने गरेको थियो । महाशाखाका सहसचिव आलोकचन्द्र श्रेष्ठका अनुसार विभिन्न माध्यमबाट आएका उजुरी र प्रश्नको प्रधानमन्त्री कार्यालयले समयभित्रै जवाफ पठाउने गरेको छ ।

महाशाखा प्रमुख नै छैनन्
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका ११ महाशाखा मध्ये २ महाशाखा प्रमुख बिहीन छ । कार्यालयका प्रवक्ता बिनोदबहादुर कुँवरका अनुसार ११ मध्ये २ वटा महाशाखामा प्रमुख छैनन ।

‘नयाँ विज्ञापन गर्नुपर्ने छ, केही दिनमा नै होला’ कुँवरले भने ‘ अरु समस्या त होइन तर प्रमुख नै नभएपछि अरुलाई कामको लोड बढेको छ ।’ संघका कर्मचारी प्रदेशतिर गएकाले पनि केही कर्मचारी अभाव रहेको कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  ६ : ३६ बजे

मन्त्री गुप्ताद्वारा स्पष्टिकरण : तथ्यमा आधारित पत्रकारिताका लागि आग्रह

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ

राष्ट्रपति पौडेलले दिए भानुभक्त जन्मजयन्तीको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म