२०८३, २२ आश्विन शुक्रबार

प्रधानमन्त्री कार्यालयविरुद्ध उजुरी घट्दै

प्रधानमन्त्री कार्यालयविरुद्ध उजुरी घट्दै


काठमाडौं, असोज ७ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध पर्ने उजुरीको संख्या घट्दै गएको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । कार्यालयमा रहेको कानुन तथा फैसला कार्यान्वयन महाशाखाका अनुसार आर्थिक बर्ष २०७३/०७४ वर्षमा ५ सय ३० वटा उजुरी परेका थिए । गत वर्षको उजुरी संख्या ४ सय ४८ मात्र रहेको छ ।

कार्यालयले उजुरी संख्या घट्दै गएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर आएका उजुरीमा महाशाखाले जवाफ दिने गरेको थियो । महाशाखाका सहसचिव आलोकचन्द्र श्रेष्ठका अनुसार विभिन्न माध्यमबाट आएका उजुरी र प्रश्नको प्रधानमन्त्री कार्यालयले समयभित्रै जवाफ पठाउने गरेको छ ।

महाशाखा प्रमुख नै छैनन्
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका ११ महाशाखा मध्ये २ महाशाखा प्रमुख बिहीन छ । कार्यालयका प्रवक्ता बिनोदबहादुर कुँवरका अनुसार ११ मध्ये २ वटा महाशाखामा प्रमुख छैनन ।

‘नयाँ विज्ञापन गर्नुपर्ने छ, केही दिनमा नै होला’ कुँवरले भने ‘ अरु समस्या त होइन तर प्रमुख नै नभएपछि अरुलाई कामको लोड बढेको छ ।’ संघका कर्मचारी प्रदेशतिर गएकाले पनि केही कर्मचारी अभाव रहेको कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  ६ : ३६ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य