२०८२, ३० भाद्र सोमबार

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क प्रस्थान

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क प्रस्थान


काठमाडौँ, ६ असोज : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ संयुक्तराज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उहाँलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलले हार्दिक बिदाइ अभिवादन गर्नुभयो ।

प्रधानमन्त्री ओलीको बिदाइका लागि उपप्रधानमन्त्री उपेन्द्र यादव, मन्त्रीगण, नेकपाका नेता, सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत र सुरक्षा अङ्गका प्रमुखलगायत विमानस्थल पुग्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । संयुक्त राष्ट्र सङ्घको महासभालाई प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार सम्बोधन गर्नुहुनेछ । ७३औँ महासभा आगामी मङ्गलबारदेखि आरम्भ हुँदैछ । महासभाले यस वर्षका लागि ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित, शान्ति र न्यायपूर्ण एवं दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी (संस्था) बनाउने’ नारा तय गरेको छ । न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ ।

दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको शताब्दीऔँ जन्मदिवसका अवसरमा आयोजना हुने ‘नेल्सन मन्डेला शान्ति शिखर बैठक’लाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री ओली तथा श्रीमती राधिका शाक्य सहभागी हुनुहुनेछ ।

महासचिव गुटेरेसले आयोजना गर्नुहुने ‘शान्ति कार्य गर्नेसम्बन्धी उच्चस्तरीय बैठक’ लाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । न्यूयोर्कस्थित एसिया सोसाइटीमा ‘शान्ति, प्रजातन्त्र तथा विकास’सम्बन्धी विषयमा प्रवचन दिनुहुनेछ । अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडले उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले स्विट्जरल्याण्डका राष्ट्रपति एलेन बर्सेट र क्याम्बोडियाका प्रधानमन्त्री सामदेक अर्थात् मोहा सेना पदेई तेको हुन सेनसँग भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्री ओली असोज १३ गते न्यूयोर्कबाट कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा सानहोजेतर्फ प्रस्थान गर्नुहुनेछ । कोस्टारिकाको भ्रमण पूरा गरी प्रधानमन्त्री ओली यही असोज १८ गते स्वदेश फर्कनुहुनेछ । प्रधानमन्त्रीको भ्रमणदलमा श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, पराष्ट्रसचिव शङ्करदास वैरागी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहनुहुनेछ ।
-रासस

प्रकाशित मिति : २०७५, ६ आश्विन शनिबार  ९ : ३३ बजे

खाली हात धरान फर्किए हर्क : प्रधानमन्त्री माग्दै आएका थिए, जेनजीले मन्त्रीसमेत पत्याएनन्

काठमाडौं। धरानका मेयर हर्क साम्पाङ पछिल्ला दिनहरूमा राजधानी काठमाडौंमा प्रधानमन्त्रीसँग

आईजीपीदेखि इन्स्पेक्टरसम्मको तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई १० लाख सहयोग

काठमाडौं। नेपाल प्रहरीले हालैको आन्दोलनका क्रममा कर्तव्यपालनाका क्रममा ज्यान गुमाएका

चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजदेखि सञ्चालनमा

काठमाडौं । आउँदै गरेका महान चाडपर्वहरू – वडादशैं, तिहार र

एनसेलले प्रहरीमा दियो तोडफोड, आगजनी र डकैती सम्बन्धी उजुरी, सीसीटीभी फुटेज पनि बुझायो

काठमाडौं। प्रदर्शनको आडमा कार्यालयमा तोडफोड, आगजनी र डकैती भएको भन्दै

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त उर्जा मन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको विद्युत