२०८२, २ श्रावण शुक्रबार

खोटाङमा तितेपातीबाट तेल उत्पादन सुरु

खोटाङमा तितेपातीबाट तेल उत्पादन सुरु


खोटाङ, ६ असोज : खोटाङको पाथेकामा तितेपातीबाट सुगन्धित तेल उत्पादन थालिएको छ ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१०, पाथेकाका स्थानीयले खेर गइरहेका तितेपातीलाई प्रशोधन गर्दै तेल उत्पादन थालेका हुन् । स्थानीय ९ उद्यमीले समृद्धिपथ एग्रो कम्पनी प्रालिमार्फत १५ लाखको लगानीमा तापखोलास्थित त्रिबेणी शनिबारेमा तेल प्रशोधन उद्योग स्थापना गरेका हुन् ।

उखेगबाट अहिलेसम्म २५ लिटर तेल उत्पादन भइसकेको लगानीकर्ता रहेका पाथेकाका वडाध्यक्ष मुगाधन राईले बताउनुभयो । काठमाडौंबाट कतिपयले प्रतिलिटर साँढे ८ हजारका दरले तितेपातीको तेलको माग आउन थालेको राईले जानकारी दिनुभयो । एक पटकमा ७ सय केजी तितेपातीबाट झण्डै एक लिटर तेल निकाल्न सकिन्छ । दिनमा दुई घान तितेपाती मात्र पकाउन सकिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, ६ आश्विन शनिबार  ७ : ५० बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै