२०८३, २५ आश्विन सोमबार

सबै व्यवसायी करको दायरामा आउनुपर्छ : अर्थमन्त्री

सबै व्यवसायी करको दायरामा आउनुपर्छ : अर्थमन्त्री


काठमाडौँ, ६ असोज: अर्थमन्त्री डा युवराज खतिवडाले सानाठूला सबै व्यवसायी करको दायरामा आउनुपर्ने बताउनुभएको छ । नेपाल खुद्रा व्यपार सङ्घको ३९औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “सबै व्यवसायीले इमान्दारितापूर्वक व्यवसाय गर्नुपर्छ, सरकार त्यसका लागि कडारुपमा उभिएको छ ।” सबै नागरिक करको दायरामा आउनुपर्ने प्रष्ट पार्दै अर्थमन्त्री खतिवडाले जनताले तिरेको करबाटै सबै नागरिकलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराइने बताउनुभयो । उहाँले भन्नुभयो, “सामाजिक सुरक्षा वितरण गर्न बजेट चाहिन्छ, कर उठाएर मुलुकको विकास गर्ने हो । केही रुकम सामाजिक सुरक्षामा खर्च गर्ने हो ।”

करको दायरालाई फराकिलो बनाएर व्यवस्थित गर्दै लैजाने उल्लेख गर्दै उहाँले दोहोरो कर लगाउने सरकारको नीति नभएको प्रष्ट्याउनुभयो । अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “कर विभिन्न चरणमा लाग्छ, कर उठाउने ठाउँ एउटा हुन्छ । त्यसरी उठेको मूल्य अभिवृद्धि कर वा अन्तःशुल्क सङ्घ, प्रदेश र स्थानीय तहमा वितरण हुन्छ । कहीँकतै दोहोरो कर लागेका भए फिर्ता हुन्छ ।”

प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले खुद्रा पसल अत्यन्त अव्यवस्थित ढङ्गबाट सञ्चालन हुँदा बेथिति देखिएको उल्लेख गर्दै निश्चित मापदण्ड तोकी व्यवस्थितरुपमा पसल सञ्चालन गर्नुपर्ने बताउनुभयो । खुद्रा व्यापारीले परिवर्तनलाई आत्मसात गर्नुपर्नेमा जोड दिँदै उहाँले परिवर्तित कानूनअनुसार व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो ।

वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडबाडको समयमा उपभोक्ता ठगिनसक्नेतर्फ ध्यान दिँदै विभागले बजार अनुगमनलाई तीव्रता दिएको बताउनुभयो । उहाँले वाणिज्य क्षेत्रको व्यवसायलाई पनि वर्गीकरण गर्ने तयारीमा विभाग लागेको जानकारी दिनुभयो । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले खुद्रा व्यापारीले गर्ने कारोबारको सीमा ‘थ्रेस होल्ड’ रु ५० लाखबाट एक करोड बनाए मात्र व्यापारीले निर्धक्कसँग व्यवसाय गर्न सक्ने बताउनुभयो । मुलुकको व्यापार घाटा निकै डरलाग्दो रहेको बताउँदै उहाँले सबै खुद्रा व्यापारी मिलेर उत्पादन शुरु गर्न सुझाव दिनुभयो ।

सङ्घका अध्यक्ष पवित्र बज्रचार्यले ठूला व्यापारीले न्यून दरको बिलविजक जारी गर्दा खुद्रा व्यापारीले वास्तविक मूल्यको विजक जारी गर्न नसकेको बताउनुभयो । उपभोक्ता हितसँग सम्बन्धित ऐन, कानून बनाउँदा आफूहरुसँग कुनै छलफल नगरिएकामा असन्तुष्टि व्यक्त गर्दै उहाँले मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ ले खुद्रा व्यापारीलाई सधैँ त्रासको वातावरण सिर्जना गरेको बताउनुभयो ।

कार्यक्रममा गतवर्षको एसइई परीक्षामा उत्कृष्ठ अङ्क प्राप्त गर्ने खुद्रा व्यापारीका तीन सन्ततिलाई सम्मान गरिएको थियो । सङ्घमा करीब एक हजार ६०० व्यापारी आबद्ध रहेका छन् । यसैबीच सङ्घको साधारणसभाले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको अध्यक्षमा राजकुमार श्रेष्ठ, उपाध्यक्षमा रामकृष्ण मानन्धर, महासचिवमा अमुलकाजी तुलाधर, सचिवमा रज्जु मास्के (राजु), कोषाध्यक्षमा नरेश शाही र सहकोषध्यक्षमा वसन्त श्रेष्ठ चयन हुनुभएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ६ आश्विन शनिबार  ७ : ४१ बजे

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम