२०८३, १५ आश्विन शुक्रबार

प्राविधिक शिक्षामा जोड दिनुपर्छः मन्त्री पोखरेल

प्राविधिक शिक्षामा जोड दिनुपर्छः मन्त्री पोखरेल


कैलाली, भजन, ६ असोज : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अब प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुरको भवन शिलान्यास समारोहमा उहाँले भन्नुभयो, “मुलुकको विकास र समृद्धिका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्छ ।”

मन्त्री पोखरेलले अहिलेसम्म कुन सङ्कायमा कति विद्यार्थी उत्पादन भए, त्यसको कुनै तथ्याङ्क राख्न नसक्दा समस्या भएको बताउँदै कुनै क्षेत्रमा जनशक्ति फालाफाल छ भने कुनै क्षेत्रमा जनशक्ति खोज्नुपर्ने अवस्थामा छ, त्यसैले प्राविधिक शिक्षाले मात्र देशको आवश्यकता परिपूर्ति गर्नमा सहयोग पु¥याउँछ भन्नुभयो । एउटा प्रदेशमा एउटा कृषि क्याम्पस जरुरी रहेको बताउँदै उहाँले प्राविधिक विषयका लागि भौतिक पूर्वाधार, प्रयोगशाला र प्रशिक्षक सबैभन्दा अनिवार्य रहने धारणा व्यक्त गर्नुभयो ।

“पहिलो पाटो भौतिक पूर्वाधार, दोस्रो विद्यार्थीले प्रयोग गर्ने प्रयोगशाला र तेस्रो विद्यार्थीलाई दक्ष बनाउने प्रशिक्षक नै शिक्षाको पहिलो महत्वपूर्ण पाटो हो”, मन्त्री पोखरेलले भन्नुभयोे, “यी तीनवटा कुराको परिपूरक भएर शिक्षा अगाडि बढाउन सके त्यसबाट विद्यार्थीले दक्षता हासिल गर्न सक्दछ ।” उहाँले आफ्नो क्षेत्रमा उत्पादन भएका वस्तुहरुको सदुपयोग गर्न नसकेका कारण कुनै पनि क्षेत्र अगाडि बढ्न नसकेको उल्लेख गर्दै उत्पादन भएका त्यस्ता वस्तुहरुलाई उपभोग गरी देशको आवश्यकता परिपूर्ति गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पोखरेलले सामुदायिक विद्यालयको शिक्षा कमजोर हुनुको मुख्य कारण विद्यालयका शिक्षकहरु नै रहेको बताउँदै शिक्षकलाई राजनीति गर्नबाट बन्देज लगाउन स्थानीय सरकारलाई आग्रह गर्नुभयो । “आधारभूत तहको शिक्षाको जिम्मा स्थानीय सरकारलाई छ, सामुदायिक विद्यालयका शिक्षकको निगरानी गर्ने काम पनि स्थानीय सरकारकै हो”, उहाँले भन्नुभयो, “सामुदायिक विद्यालय राम्रो बनाउने हो भने स्थानीय सरकारले शिक्षामा सुधार्न जरुरी छ ।”

मन्त्री पोखरेलले २०८५ सालसम्म आधारभूत तहसम्मको शिक्षा नलिने कुनै पनि नेपालीले राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनुपर्ने भन्दै श्रमलाई सीपसँग जोडेर अगाडि बढ्ने खालको प्राविधिक शिक्षामा जोड दिनसमेत आग्रह गर्नुभयो । कृषि तथा वन विज्ञान विश्व–विद्यालयका उप–कुलपति प्राध्यापक डा. ईश्वरीप्रसाद ढकालले अबको शिक्षा उत्पादनमुखी र आत्मनिर्भर हुनुपर्नेमा जोड दिदैं नयाँ प्रविधिको विकाससँगै शिक्षण, अनुसन्धान र प्रचारप्रसारले शिक्षालाई प्रभावकारी बनाउने बताउनुभयो । कृषि विश्वविद्यालयका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्ने माग गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ आश्विन शनिबार  ७ : १६ बजे

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि

छोराछोरी विदेशिएपछि ज्येष्ठ नागरिक एक्लिए : छत्र प्रधान

नेपालमा करीब ३० लाख ज्येष्ठ नागरिक छन, कानुन कार्यान्वयन फितलो

कांग्रेसको वैधानिकतामा समस्या छैन्, असोज १८ गते खुलामञ्चमा बृहत उद्घाटन हुनेछ : कृष्ण दुलाल

१५ औं महाधिवेशनको तयारीमा कांग्रेस, करिब ८ हजार प्रतिनिधि सहभागी

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका