२०८३, २७ आश्विन बुधबार

काभ्रेको कोशीपारीमा मध्यपहाडी लोकमार्गको दादागिरी

काभ्रेको कोशीपारीमा मध्यपहाडी लोकमार्गको दादागिरी


काभ्रेको कोशीपारी क्षेत्रका नागरिक मध्यपहाडी लोकमार्ग निर्माण प्रति असन्तुष्ट बनेका छन् । राजमार्गले राहत भन्दा आहाद दिइरहेको उनीहरुले बताएका छन् ।

केहि वर्षअघि सम्म सदरमुकामसँग सिधा सडक सञ्जालमा नजोडिएको कोशीपारी क्षेत्रमा मध्यपहाडी बाहेकै मूख्य दुईवटा सडक रहेका छन् । जुन सडक भएर अहिले पनि रामेछापको विभिन्न भागमा गाडि गुडिरहेका छन् ।

तर मादनकुडारी हुदैँ खनिएको मध्यपहाडी सडकले खासै आफुलाई आवात जावातमा सहज नबनाउने र खेती योग्य जमिन तिब्र रुपमा कटान गरेको भन्दै स्थानीयहरु रुष्ट बनेका हुन् ।

राजमार्गले अतिक्रमण भएका जग्गाको कुनै मूआब्जा दिएको छैन् । घरको मात्रै मुआब्जा दिने ब्यवस्था रहेको मध्यपहाडी लोकमार्ग निर्माण पक्षले जनाएको छ । ‘जग्गाको कुनै मुआब्जा दिइएको छैन्, भूम्लु गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष रमेशराज खरेलले भने ‘घर पर्नेको पनि मुआब्जा पाउन निकै गाह्रो छ ।’

प्रमूख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले मूल्यांकन गरेपछि मात्रै घरको मुआब्जा दिइने ब्यवस्था भएकाले गर्दा प्रभावितहरुले मूआब्जा पाउन मुस्किल परेको बताएका छन् । मध्यपहारीले कोशीपारीको सापिङ हुदैँ फलाटे, भूम्लुटार, कोलाँती, गोठपानी, बिर्तादेउराली हुदैँ मादनकुडारी भएर रामेछाप जोदिएको छ ।

दुई लेनको लोकमार्ग खनिदा खेतीयोग्य जमिन नासभएपछि स्थानीय बढी आक्रोशित भएका छन् । त्यस्तै विजुलीको लाइन र खानेपानी पाइप समेत जथाभावी सडक निर्माण हुदाँ अबरुद्ध भएको छ । ‘सडकको चौडा निकै ठूलो छ, पहाडको जग्गा धेरै ठूल ठूला पाटा भएको हुदैँन्, वडाध्यक्ष खरेलले भने ‘कतिपयको त भए जति सबै जग्गा सडकमै परेको छ ।’

लोकमार्गले दुई देखि तीन घण्टासम्म साविकको सडकमा यातायात अवरुद्ध हुने गरेको छ । दोलालघाट र बिर्तादेउरालीको पार्टी गैरा, गोठपानीको खहरे खोला दैनिक घण्टौँ जाममा बस्नु परेको छ ।

रामेछाप र कोशीपारीको विभिन्न भेगबाट बिरामी लिएर आएका एम्बुलेन्स समेत उक्त जाममा पर्ने गरेको नाग्रेगगर्चेबाट बिरामी लिएर आएका टिका थापा मगरले बताए । ‘म बिरामी बुबालाई एम्बुलेन्समा लिएर अस्पताल जान लागेको ‘तर एक घण्टाभन्दा बढी समय देखि रोकिएर बसेको छु ।’

प्रकाशित मिति : २०७५, ६ आश्विन शनिबार  ५ : ५६ बजे

रोजाइमा अर्किड फुल, चीनमा फस्टायो व्यापार 

एजेन्सी । दक्षिण चीनमा अर्किड खेती र व्यवसाय फस्टाउँदै गएको

कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पेशागत (विषय विज्ञ) तर्फ

प्रधानमन्त्री बालेनको ‘सरप्राइज’ काभ्रे भ्रमण, पलाञ्चोक भगवतीको दर्शन

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार बिहान काभ्रेपलाञ्चोकको प्रसिद्ध धार्मिकस्थल

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौँ । बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको

यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण