२०८३, २९ आश्विन शुक्रबार

काभ्रेका मृगौला पीडित दुर्गा तामाङ बचाउन चलचित्र दोखाङ पोखरामा प्रदर्शन हुने

काभ्रेका मृगौला पीडित दुर्गा तामाङ बचाउन चलचित्र दोखाङ पोखरामा प्रदर्शन हुने


काठमाडौँ, ५ असोज : काभ्रेको तेमालका मृगौला पीडित दुर्गा तामाङलाई सहयोगका लागि तामाङ चलचित्र दोखाङको च्यारिटी शो पोखरामा हुने भएको छ ।

तामाङ नायिका रोशनी ब्लोनले अभिनय गरेको तामाङ चलचित्र दोखाङ शनिबार पोखराको बिन्दाबासीनि चलचित्र हलमा विहाना ८ बजे प्रदर्शन हुने नायिका रोशनी ब्लोनले जानकारी दिएका छन् ।

काभ्रे र काठमाडौंको आसपासमा सुटिङ भएको चलचित्र दोखाङ तामाङ समुदायले शिक्षालाई प्रथामिकता दिनुपर्ने विषयवस्तुमा आधारित रहेको आयोजकले जनाएको छ ।

चलचित्रमा प्रमुख भुमिका रोशनी ब्लोन रहेको छ भने सुनिता लुङबा र सीता लामाले पनि नायिकाको भुमिकामा साथ दिएका छन् । यसैगरी निर्मल स्याङतान र कुन्साङ मोत्तानले नायाकको भुमिकामा खेलेका छन् ।

मान बहादुर तामाङ र निमा थिङको लगानीमा निर्माण भएको यो चलचित्रको कथा भने रबिता थिङको रहेको छ । संगीत चन्द्र कुमार दोङले दिनु भएको छ । पाँच वर्ष अगाडी निर्माण भएको तामाङ चलचित्र दोखाङ दर्शकहरुले अति रुचाएका थिए ।

प्रकाशित मिति : २०७५, ५ आश्विन शुक्रबार  ९ : १४ बजे

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

काठमाडौं । तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा

आजको विदेशी मुद्रा विनिमयदर : डलर १५२ रुपैयाँ ४० पैसा, पाउन्ड २०२ रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६७४ वटा सवारीसाधनका

हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।