२०८३, ३० आश्विन शनिबार

नेपाल म्यानमासँग भारी गोल अन्तरले पराजित

नेपाल म्यानमासँग भारी गोल अन्तरले पराजित


काठमाडौँ, ५ असोज : म्यानमारसँग भारी गोलअन्तरले पराजित भएसँगै नेपाल एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोटबाट बाहिरिएको छ । समूह चरणको दोस्रो खेलअन्तर्गत आज म्यानमारसँग भएको खेलमा नेपाल ११–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा नेपालले पहिलो हाफमा १० गोल खाएको थियो । दोस्रो हाफमा भने केही सम्हालिएर खेलेको नेपालले एक मात्र गोल खायो । खेलको शुरुआती छ मिनेटमा तीन गोल गर्दै म्यानमारले नेपाललाई पहिलो हाफमा निकै दबाबमा राख्यो । ७४औँ मिनेटमा नेपालका लागि निकिता थोकरले एक गोल गर्न सफल भइन् ।

म्यानमारका लागि सुई और माङले एक्लैले पाँच गोल गरिन् । यस्तै म्यात नाउ हिनले ह्याट्रिक पूरा गर्न सफल भइन् । हिन मार तोई, ह्वाई पो इयान र पोन्ट पोन्टले एक÷एक गोल गरे । समूह ‘इ’बाट फिलिपिन्स र म्यानमारले समान ६ अङ्क जोड्दै अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाएका छन् । नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार मलेशियासँग प्रतिस्पर्धा गर्नेछ ।

समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । फाइनल चरणमा आठ टोलीले खेल्नेछन् । आयोजक थाइल्याण्डसहित, जापान दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणका लागि यसअघि नै छनोट भइसकेका छन् । समूह चरणको पहिलो खेलमा बुधबार फिलिपिन्ससँग ४–० ले पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार मलेशियासँग प्रतिस्पर्धा गर्नेछ । आइतबारको खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।
-रासस

प्रकाशित मिति : २०७५, ५ आश्विन शुक्रबार  ७ : ३६ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा