काठमाडौं ५ असोज । मुलुकी संहिताको विरोध गर्दै आन्दोलित यातायात मजदुर र सरकारबीच आठ बूँदे सहमति भएको छ ।
शुक्रबार सिंहदरबारमा भएको बार्तामा सहमति भएसँगै आन्दोलनका सबै कार्यक्रम फिर्ता भएको छ ।
उता सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा तोकेको हो ।
सहमति अनुसार नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले दिएको ज्ञापनपत्रलाई कार्यान्वयनमा लैजान गृह, भौतिक पूर्वाधार तथा यातायात र कानून, न्याय तथा संसदीय मामिलामा पठाउने भनिएको छ ।
प्रतिक्रिया