२०८३, १७ आश्विन आईतबार

सरकार र यातायात व्यवसायीबीच आठबुँदे सहमति

सरकार र यातायात व्यवसायीबीच आठबुँदे सहमति


काठमाडौँ, ५ असोज: मुलुकी संहिताको विरोध गर्दै आन्दोलनमा रहेका यातायात मजदूर र सरकारबीच आठबुँदे सहमति भएको छ । सहमतिसँगै बन्द यातायात आजदैखि सञ्चालनमा आउने वार्तामा सहभागी यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले जानकारी दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको वार्तामा नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले दिएको ज्ञापनपत्रलाई कार्यान्वयनमा लैजान गृह, भौतिक पूर्वाधार तथा यातायात र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने सहमति भएको छ ।

त्यसैगरी ट्राफिक सङ्केत र सडकको नियमित मर्मत गरी भौतिक अवस्था दुरुस्त राख्ने र राष्ट्रिय राजमार्गमा निश्चित दूरीमा ठूला सवारीका लागि व्यवस्थित पार्किङको व्यवस्था गर्ने, सडक दुर्घटना हुँदा निष्पक्ष छानबिन गरी घटनामा दोषी देखिएका जोसुकैलाई कारवाही गर्ने, सवारी चालकलाई समय समयमा सडक सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।

ट्राफिक प्रहरीको व्यवहार परिवर्तनका लागि गृह मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने, आन्दोलनका क्रममा पक्राउ परेको सवारी चालकलाई आजै रिहा गर्ने सहमति भएको छ । दुर्घटनामा मानवीय क्षति भए चालकलाई कडा कारवाही हुने लगायतका व्यवस्था मुलुकी संहितामा भएको भन्दै त्यो व्यवस्था संशोधनको माग राखी चालकहरु तीन दिनदेखि आन्दोलनमा उत्रिएका थिए । वार्तामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारी, गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी र कानून मन्त्रालयका सचिव राजीव गौतमलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २०७५, ५ आश्विन शुक्रबार  ७ : १८ बजे

महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको छ : संयोजक लामाले

काठमाडौं । स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश

जनमतको नयाँ नेतृत्वमा सीके राउत दोहोरिए, सञ्जय यादव बने महासचिव

काठमाडौं । जनमत पार्टीको दोस्रो महाधिवेशनले पार्टीको नेतृत्वमा डा. सीके

एनसेलको आइफोन १८ अफर : फोन किन्दा अनलिमिटेड डेटा, कल र ओटीटी

काठमाडौं । एनसेलले एप्पलका नयाँ आइफोन १८ सिरिज खरिद गर्ने

टेक्नोको फेस्टिभ अफर : स्मार्टफोन किन्दा ५ लाखको सुन जित्ने मौका

दसैँ–तिहारमा फोन खरिद गर्ने ग्राहकलाई सुनदेखि चाँदीसम्मका उपहार काठमाडौं ।

कांग्रेस महाधिवेशनमा सुरक्षा कडा, तालिम प्राप्त कुकुरदेखि सादा पोशाकका प्रहरीसम्म

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाको