२०८३, २५ आश्विन सोमबार

पर्यटन आर्थिक विकासको मुल आधार : उपप्रधानमन्त्री यादव

पर्यटन आर्थिक विकासको मुल आधार : उपप्रधानमन्त्री यादव


काठमाडौँ, ५ असोज: उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले देशको अद्धितीय पर्यकटीय सम्पदा र विविधताको संरक्षण र भौतिक विकास गरी पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभएको छ ।

पर्यटनको क्षेत्रमा प्रचारप्रसार गर्दै आएको सञ्चारमाध्यम गन्तव्य नेपाल ग्रुपले आज यहाँ प्रकाशित गरेको टुरिजम बिजनेश डाइरेक्टरीको आज यहाँ विमोचन गर्दै उपप्रधानमन्त्री यादवले मुलुकको अर्थतन्त्रको बलियो आधार पर्यटन क्षेत्र नै भएकाले उपलब्ध स्रोतसाधनको भरपुर उपयोग गरी पर्यटन विकासमा जुट्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले मुलुकको आर्थिक विकास, राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा राष्ट्रिय सहमति अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

सो अवसरमा पर्यटन लाइफ टाइम एचिभमेन्ट अवार्डबाट राजन थापा र टुरिष्ट भेहिकल एक्सलेन्ट अवार्डबाट रामहरि शर्मालाई सम्मानित गरियो । त्यसैगरी पर्यटनक्षेत्रमा लामो समय देखि कलम चलाउनुहुने पत्रकारहरु राष्टिय समाचार समितिका कार्यकारी सम्पादक विकास लोहनी, नेपाल टेलिभिजनका सम्पादक राजु सिलवाल,गोरखापत्रका सह–सम्पादक शरदराज सुवेदी,राजधानी दैनिकका पत्रकार मधुजंग पाण्डे,मेघा टेलिभिजनकी कल्पना महर्जनलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले अहिलेको शक्तिशाली सरकारले संयोजनकारी भूमिकामार्फत मुलुकलाई समृद्धिको दिशातर्फ लैजानुपर्ने धारणा राख्नुभयो । गन्यव्य ग्रुपका अध्यक्ष शिव अधिकारीले पर्यटन क्षेत्रका गतिविधिलाई आफ्नो सञ्चार माध्यमले प्राथमिकताका साथ उजागर गर्दै आएको बताउनुभयो । सो अवसरमा गन्तव्य ग्रुपले प्रकाशन गरेको उपप्रधानमन्त्री यादवले विमोचन गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ५ आश्विन शुक्रबार  ६ : ०७ बजे

सर्वोच्चका न्यायाधीश सिफारिसमा विवाद : मापदण्डभन्दा प्रधानन्यायाधीशको रोजाइ हाबी भएको आरोप

काठमाडौं । सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गर्ने न्याय

चार देशका प्रस्तावित राजदूतलाई एउटै प्रश्न : राष्ट्रिय स्वार्थ जोगाउने चुनौती

काठमाडौं । भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका