२०८३, ३ आश्विन आईतबार

दुई रुपैयाँ भ्रष्टाचार गर्ने पनि भ्रष्टाचारी हो, कारवाही हुन्छ : प्रमुख आयुक्त

दुई रुपैयाँ भ्रष्टाचार गर्ने पनि भ्रष्टाचारी हो, कारवाही हुन्छ : प्रमुख आयुक्त


काठमाडौँ, ४ असोज: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचारी साना र ठूला नहुने भएकाले सबैलाई कानूनअनुसार कारवाहीको दायरामा ल्याउने बताउनुभएको छ । उहाँले भन्नुभयो, “दुई रुपैयाँ भ्रष्टाचार गर्ने पनि भ्रष्टाचारी हो, करोडौँ खाने पनि भ्रष्टाचारी हो । भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन आयोग प्रतिबद्ध छ ।” आयोग कार्यालय टङ्गालमा आज पदबहालीपछि उहाँले भन्नुभयो, “भ्रष्टाचार एउटा महारोगका रुपमा विकसित भएको छ । यसलाई नियन्त्रणका लागि आयोगले इमान्दार र सकारात्मक पहल गर्नेछु ।”

कानूनको सीमाभित्र रहेर इमान्दारीपूर्वक काम गर्ने र सानाठूला सबै खालका भ्रष्टाचारीलाई आयोगले कठोरतापूर्वक कारवाही गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । सामाजिक प्रवृत्तिका रुपमा भ्रष्टाचार संस्थागत हुँदै गएकाले त्यसलाई नियन्त्रणका लागि कानूनी दायरामा रहेर आयोगले काम गर्ने भन्दै नवनियुक्त प्रमुख आयुक्त घिमिरेले सरकारका निकाय, नागरिक समाज, सञ्चारकर्मीबाट पनि आयोगले साथ पाउने विश्वास व्यक्त गर्नुभयो ।

राज्यका सबै निकायको एकीकृत र समन्वायत्मक प्रयासबाट मात्रै भ्रष्टाचारको पूर्ण नियन्त्रण हुने भन्दै नवनियुक्त प्रमुख आयूक्त घिमिरेले सहयोगका लागि आग्रह गर्नुभयो । आफूले कानूनको अधीनमा रहेर भ्रष्टाचार नियन्त्रण, अनुसन्धानको कामलाई अगाडि बढाउने र समाजमा भ्रष्टाचार महारोगका रुपमा फैलिएको छ, त्यसलाई नियन्त्रण गर्न अधिकत्तम प्रयास गर्ने उहाँको कथन थियो ।

प्रवृत्तिगतरुपमा पनि भ्रष्टाचारका अनेकन रुप देखिएकाले अनुसन्धानका लागि दक्ष जनशक्ति तथा प्रविधिको प्रयोगलाई पनि आफ्नो कार्यकालमा अगाडि बढाउने उहाँको भनाइ थियो । विसं २०७४ फागुन २ गतेदेखि कायममुकायम प्रमुख आयुक्तका रुपमा कार्यरत घिमिरे आज मात्रै प्रमुख आयुक्तमा नियुक्त हुनुभएको हो ।

शपथ लिएलगत्तै आयोग कार्यालय पुग्नुभएका नवनियुक्त प्रमुख आयुक्त घिमिरेलाई आयोगका आयुक्तहरु, सचिव तथा आयोगमा कार्यरत कर्मचारीले स्वागत गर्दै सफल कार्याकालको कामना गर्नुभएको थियो । पदभार ग्रहणलगत्तै नवनियुक्त आयुक्त घिमिरेले भ्रष्टाचार नियन्त्रणमा इमान्दार भएर खट्न, अनुसन्धानलाई प्रभावकारी बनाउन आयोगमा कार्यरत कर्मचारीलाई निर्देशन दिनुभएको थियो । उहाँले जनताको अपेक्षाअनुसार अनियमितता र भ्रष्टाचार नियन्त्रणमा आयोगका कर्मचारीको भूमिका महत्वपूर्ण हुने भएकाले इमान्दार प्रयत्न गर्नसमेत आग्रह गर्नुभएको थियो । संसदीय सुनुवाई समितिले आज मात्रै प्रमुख आयुक्तमा घिमिरेलाई अनुमोदन गरेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ४ आश्विन बिहीबार  ९ : २१ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका