२०८३, २० श्रावण बिहीबार

दुई सय ऋणले एक वर्ष जेल !

दुई सय ऋणले एक वर्ष जेल !


काठमाडौं, असोज १: धनुषाका एक दलितले महाजनलाई दुई सय ऋण चुकाउन नसक्दा आइतबार एक वर्षको लागि जेल चलान गरिएको छ । जनकपुर उपमहानगरपालिका १८ कुवा रामपुरका ६० वर्षीय राधाकृष्ण खंग खत्वे आईतबार स्वयं जिल्ला अदालत धनुषामा हाजिर भई जेल चलान गरी दिन आग्रह गरेका थिए ।

‘सुरुमा अदालतका कर्मचारीहरुले पक्राउ पूर्जी दिन आनाकानी गरेका थिए । पछि नागरिकता प्रमाणपत्र देखाए पछि, बल्ल जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखे ।’ खंगसंगै अदालत पुगेका सोही गाउँका कुशेश्वर मेस्तरले जानकारी दिए ।मेस्तरका अनुसार– खंगलाई जिल्ला अदालत पुर्याउन गाउँका सात जना दलित संगै आएका थिए – ‘हामी स्नान पूजागरी गाउँको शिवमन्दिरमा भेला भयौं । भगवान शिवलाई साक्षी राखी सीधा जिल्ला अदालत पुगेर खंगलाई आत्मसमर्पण गरायौं ।’

‘२ सय रुपैयाँ नतिरेको कारण जेल जानु परेको पहिलो घटना होला । दलितमाथिको अन्याय कहिले अन्त्य होला ।’ कुशेश्वर मेस्तरले भने । पत्रकार महासंघ धनुषाको विद्यापति चौकस्थित कार्यालयमा शनिबार पत्रकार सम्मेलन आयोजन गरी खंगले आफू आत्मसमर्पण गर्न लागेको जानकारी गराएका थिए – ‘प्रहरी पटक पटक घरमा जान्छ । परिवारका महिला पुरुषलाई धम्काउँछ । घर परिवारका सदस्यहरुलाई दुख दिनुको सट्टा जेलमै बस्छु ।’ खंग भनेका थिए । , यो खबर आजको कान्तिपुर दैनिकमा मुख्य खबर रहेको छ ।

प्रकाशित मिति : २०७५, १ आश्विन सोमबार  ६ : ३० बजे

गुण्डुको अन्नन्त कुण्डमा हरेक महिनाको अन्तिम सोमबार दिव्य गंगा–आरती हुने, सहभागि हुन आव्हान

भक्तपुर, २१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

सूर्यविनायकको ऐतिहासिक शिव सर्किट घुम्दै महिलादेखिदेखि शिक्षक शिक्षिका

भक्तपुर, २१ साउन : सूर्यविनायक नगरपालिकाको ऐतिहासिक शिव शिव सर्किटकोबारेमा

सर्वोच्चले कांग्रेसको आधिकारिकता विवाद पुनः सुनुवाइ गर्न अनुमति दियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशन तथा आधिकारिकतासम्बन्धी

२६ मा स्वदेश फर्किने, २९ गते राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार