२०८३, १२ आश्विन मंगलबार

रातो मासु खानुहुन्छ ? होस गर्नुहोस बिष भन्दा बढी खतरनाक हुन्छ

रातो मासु खानुहुन्छ ? होस गर्नुहोस बिष भन्दा बढी खतरनाक हुन्छ


काठमाडौँ, ३१ भदौ :  मासुले शरीरलाई पर्याप्त मात्रामा प्रोटिन र फ्याट दिन्छ । तर, मासुको बढी प्रयोग गरियो भने त्यो हानिकारक मानिन्छ ।

बेलायतमा भएको २८ वर्ष लामो अनुसन्धानले रातो मासु स्वास्थ्यका लागि निकै हानिकारक भएको निष्कर्ष निकालेको छ । अनुसन्धानबाट रातो मासु प्रयोगकर्तामा क्यान्सरको अत्यधिक सम्भावना भएको खुलेको छ । खसी, राँगा, सुँगुरजस्ता जनावरको मासु अत्यधिक प्रयोगले पनि क्यान्सरको सम्भावना बढाउने बताइएको छ ।

रातो मासुको अधिक र नियमित प्रयोग गर्ने मानिसमा विभिन्न अंगको क्यान्सर हुने सम्भावना हुन्छ । रातो मासु प्रयोगले मुख, घाँटी, पेट, आन्द्रा, फोक्सो, कण्ठनलीको क्यान्सर हुन सक्ने अनुसन्धानले बताएको छ ।

रातो मासुले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँछ । यसका साथै ब्लडप्रेसर हुन्छ र मुटुरोगको समभावना पनि उत्तिकै हुन्छ । मुटुरोगका कारण पक्षघात हुने सम्भावनासमेत बढी हुन्छ ।

रातो मासुको प्रयोगले युरिक एसिड बढ्छ । जसको कारण मधुमेह, क्यान्सरजस्ता रोगको सम्भावना हुन्छ ।

क्यान्सरबाट बच्न धूम्रपान गर्नुहुँदैन । तौल सन्तुलित राख्न पनि जरुरी हुन्छ । हरियो तरकारी, फलफूल र फाइबरयुक्त खानाको प्रयोग गर्नुपर्छ ।

रातो मासु र नुनको भने कम प्रयोग गर्नु जरुरी हुन्छ । यसका साथै जीवनशैली पनि व्यवस्थित हुन आवश्यक हुन्छ ।

शरीरका लागि फाइबरयुक्त खाद्यपदार्थ अत्यन्त लाभदायक हुन्छ । आँटा, ढिकीमा कुटेको चामल, मेथी, गहुँ, मुंग, चना, केराउ, फलफूललगायत खाद्यपदार्थबाट फाइबरको मात्रा पाइन्छ ।

क्यान्सरबाट बच्न रेसादार खाद्यपदार्थको प्रयोग पनि फाइदाजनक हुन्छ । रेसादार खाद्यपदार्थको प्रयोगले रगतमा बोसोको मात्रा पनि कम गर्न भूमिका खेल्छ । – एजेन्सी

प्रकाशित मिति : २०७५, ३१ भाद्र आईतबार  ९ : ३२ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय