२०८३, १५ कार्तिक आईतबार

सिन्धुपाल्चोकको बाह्रविसेमा बाढीको सूचना दिने ‘साइरन’ जडान

सिन्धुपाल्चोकको बाह्रविसेमा बाढीको सूचना दिने ‘साइरन’ जडान


चौतारा, ३१ भदौ सिन्धुपाल्चोकको बाह्रबिसे बजारस्थित भोटेकोशी नदीको पुलमा बाढीको पूर्व सूचना दिने यन्त्र जडान गरिएको छ ।
‘हरिमाया फाउण्डेशन’ नामक संस्थाले जडान गरेकोको उक्त यन्त्रले तीन किलोमिटर टाढासम्म साइरनद्वारा बाढीको पूर्व सूचना दिने काम गर्ने संस्थाका कार्यकारी सदस्य नवीन श्रेष्ठले जानकारी दिनुभयो ।

हालै मात्र उक्त यन्त्र जडान गरिएको र स्थानीयवासीको माग भई आएमा अन्य स्थानमा पनि जडान गरी मानवीय क्षति हुनबाट स्थानीयवासीलाई सचेत गराउने उद्देश्य रहेको क्षेष्ठको भनाइ छ । विसं २०७३ साल असार २१ गते चिनियाँ क्षेत्रमा आएको बाढीले सीमा नदीको रुपमा बग्ने भोटेकोशीले ठूलो भौतिक क्षति पु¥याएको थियो ।

डेढ वर्षदेखि सामाजिक सेवा गर्दैआएको संस्थाले क्यान्सर तथा मिर्गौला जस्ता गम्भीरखाले बिरामीलाई रु २५ हजारसम्म आर्थिक सहयोग प्रदान गर्दैआएको बताइएको छ ।

प्रकाशित मिति : २०७५, ३१ भाद्र आईतबार  ४ : ३० बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक