२०८३, १६ बैशाख बिहीबार

बालुवा ठेकेदारसँग घुस लिएको आरोपमा नौ प्रहरी अख्तियारको नियन्त्रणमा

बालुवा ठेकेदारसँग घुस लिएको आरोपमा नौ प्रहरी अख्तियारको नियन्त्रणमा


काठमाडौँ, ३० भदौ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनोहरा खोलाको बालुवा निकाल्न ‘सेटिङ’ मिलाइदिने भन्दै ठेकेदारसँग घुस लिएको आरोपमा नौ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ ।

अख्तियारले प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र सुवास ढुङ्गाना तथा प्रहरी हवल्दार दीपक भारती, उमेश यादव र अमन चौधरीलाई आज नियन्त्रणमा लिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

प्रसनी श्रेष्ठले ठेकेदारसँग रु ३० हजार, प्रसनी ढुङ्गाना र प्रहरी हवल्दार भारतीले रु ४५ हजार, प्रहरी हवल्दार यादव र चौधरीले रु पाँच/पाँच हजार घुस लिएको अख्तियारले जनाएको छ ।

त्यस्तै प्रहरी जवान रत्न रिजाल, मानसिंह रोका, दीपेन्द्र कुँवर र मुकेश पटेललाई पनि घुस लिएको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको छ ।

प्रहरी जवान रिजाल र रोकाले रु पाँच हजार र प्रहरी जवान कुँवर र पटेलले ठेकेदारसँग रु पाँच/पाँच हजार घुस मागेका थिए । उनीहरुलाई बानेश्वरको विभिन्न क्षेत्रबाट अख्तियारले नियन्त्रणमा लिएको हो । आयोगले उनीहरुको साथबाट रु एक लाख बरामद गरेको छ ।

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  १० : ४० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले