२०८३, २३ आश्विन शनिबार

पानी जहाज दुर्घटनामा परी दशको मृत्यु, १२६ को उद्धार

पानी जहाज दुर्घटनामा परी दशको मृत्यु, १२६ को उद्धार


जाकार्ता, ३० भदौ : इन्डोनेसियाको मध्यभागमा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार भएको पानी जहाज दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेका अरु १२६ जनालाई भने सकुशल उद्धार गरिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् ।

‘केएम फुङका पेर्माटा’ नामक पानी जहाज दक्षिणी पूर्वीसुलवेसीको बाउबाउबाट बनगाई भन्ने ठाउँतर्फ गइरहेको बेला मध्यइन्डोनेसियाको सागुमा दुर्घटना भएको हो ।

यातायात मन्त्रालयका प्रवक्ता बामबाङ इर्भानले पानी जहाजमा आगलागी भएपछि जहाज पानीमा पल्टिएको जानकारी दिनुभयो ।उद्धारकर्ताले दुर्घटना भएको जहाजलाई शनिबार बिहान बनगाई बन्दगाहमा अवतरण गराएको पनि उहाँले बताउनु भयो ।

इन्डोनेसियामा बेला बेलामा भइरहने यस्ता पानी जहाज दुर्घटनामा परी बर्षेनी सयौँको मृत्यु हुनेगरेको छ ।

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  ७ : २२ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि