२०८३, १३ भाद्र आईतबार

प्रधानमन्त्रीले अब यसरी लिनेछन् मन्त्रीको परीक्षा

प्रधानमन्त्रीले अब यसरी लिनेछन् मन्त्रीको परीक्षा


काठमाडौं, भदौ ३० :अधिकांश मन्त्रीले अपेक्षाअनुसार काम नगरेको निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी ओली ‘डिजिटल सिस्टम’बाट उनीहरूको मूल्यांकन गर्ने तयारीमा छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

असोजदेखि हरेक महिना कुन मन्त्रालय र मन्त्रीले कति समयमा के–कति काम गरे भन्ने मूल्यांकन सफ्टवेयरबाटै हुने भएको हो । अनलाइन मूल्यांकनकै आधारमा मन्त्रीलाई प्रोत्साहन र कारबाही गर्ने योजना प्रधानमन्त्रीको छ ।

सफ्टवेयर असोजको पहिलो साता सञ्चालनमा आएपछि प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित कार्यकक्ष या बालुवाटारस्थित निवासमै बसेर ट्याबलेट, ल्यापटप वा मोबाइलबाट मन्त्री र मन्त्रालयहरूको कामको प्रगति विवरण हेर्न सक्नेछन् । कार्यतालिकाअनुसार प्रगति विवरणमा देखिएन भने किन काम भएन, के–के समस्याहरू आए, कुनै कानुनी वा नीतिगत अडचन, बजेट वा अरु कुनै कारणले हुन नसकेका कामको विषयमा जानकारी लिनेछन् ।

मन्त्रालयहरूले हरेक महिना ७ गतेभित्र कार्ययोजनाअनुसारको प्रगति विवरण बुझाएलगत्तै तीन श्रेणीमध्ये एउटामा सूचीकृत हुनेछ । सफ्टवेयरले नै मूल्यांकन गरेर सूचीकृत गर्नेछ । प्रतिबद्धताअनुसार ८० प्रतिशतभन्दा माथि काम गर्ने मन्त्री अति राम्रो अर्थात् ग्रीन जोनुभित्र पर्नेछन् । ५० देखि ८० प्रतिशत काम गर्ने औसत अर्थात् एल्लो जोनुभित्र पर्नेछन् । ५० प्रतिशतभन्दा कम निराशाजनक काम गर्ने मन्त्री रेड जोन भित्र पर्नेछन् ।

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  ८ : ०८ बजे

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि हाम्रो कर्तव्य हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न

भोटेकोशी बाढी : ७३५ वटा शव फेला, २५ प्रहरी सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी

‘बर्ड फ्लु लागेका कुखुराजस्तो शव गाडिनु दुर्भाग्यपूर्ण’ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका

बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ : आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढी

गोसाइँकुण्डबाट फर्किएका यात्रु धुन्चेमा उद्धारको प्रतीक्षामा

रसुवा । गोसाइँकुण्डबाट फर्किएका यात्रुहरू सडकमार्ग अवरुद्ध भएपछि रसुवाको धुन्चेमा