२०८३, १६ आश्विन शनिबार

जुम्लामा धामीझाँक्रीको भरपर्दा दुवै आँखा बन्द

जुम्लामा धामीझाँक्रीको भरपर्दा दुवै आँखा बन्द


तुलसीपुर, २९ भदौ : अन्धविश्वासका कारण जुम्ला जिल्लाको तिला गाउँपालिकाका–८ की ३१ वर्षीय सुकमाया रोकाय डेढ वर्षदेखि आँखा देख्न छोड्नुभएको छ । आँखा कमजोर भएपछि गाउँघरमै धामीझाँक्री गरेको र धामीझाँक्री गर्दा पनि सञ्चो नभएपछि अन्तिम अवस्थामा उपचारका लागि बिहीबार लमही आँखा अस्पताल उपचार गराउन आउनुभयो । आँखामा समस्या भएपछि गाउँघरमा अझै पनि देवी देउता लागेको र आँखा बन्द तथा कमजोर भएको भन्ने अन्धविश्वास कायमै रहेको छ । आँखामा समस्या आएपछि धामीझाँक्रीबाट झारफुक गर्ने प्रचलन र हेल्चेक्रयायीले गर्दा धेरैले दृष्टिविहीनताको समस्या भोग्नुपरेको छ ।

एक वर्ष पहिले आँखा कमजोर भएकी रोकायले गाउँघरमा धामीझाँक्रीलाई देखाएको र एक वर्षसम्म विभिन्न झारफुक गरेर पनि सञ्चो नभएपछि दाङको लमहीस्थित आँखा अस्पतालमा उपचारका लागि उहाँका श्रीमान्ले ल्याउनुभएको छ । बिहीबार लमही आँखा अस्पतालमा उपचारका लागि आएका रोकायका परिवारले धामीले भूतप्रेत लागेको भने र झारफुक गरेको र पछि दुवै आँखा बन्द भएपछि स्थानीयको सल्लाहमा आँखा अस्पतालसम्म आएको श्रीमान् लालबहादुर रोकायले बताउनुभयो ।

“गाउँघरमै धामीझाँक्री गर्दा सञ्चो नभएपछि उपचारका लागि यहाँ आएका हौँ अहिले आफ्नो बच्चालाई समेत उसले चिन्न नसक्ने भएको छ”, लालबहादुरले भन्नुभयो । त्यस्तै रोकायको दुवै आँखामा मोतिबिन्दुका कारण बन्द भएको अस्पतालका नेत्र विशेषज्ञ डा एरिक वैद्यले जानकारी दिनुभयो । उहाँका अनुसार रोकायको एउटा आँखामा मोतिबिन्दु धेरै पुरानो भएको र एउटा आँखामा मोतिबिन्दु भर्खर शुरु भएको बताउनुभयो ।

डाक्टर वैद्यले रोकायको आँखामा देखिएको मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने बताउनुभयो । रोकायको जाँच भइरहेको र दुवै आँखामा मोतिबिन्दु रहेकाले आँखा बन्द भएको बताउनुभयो । त्यसैबीच आर्थिक अवस्था कमजोर भएका रोकाय परिवारलाई लमही आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाएको वरिष्ठ प्रशासकीय अधिकृत शमशेर थापाले बताउनुभयो । सो परिवारलाई खान, बस्न र यातायात खर्चमा समेत सहयोग गर्ने अस्पतालले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २९ भाद्र शुक्रबार  ६ : १५ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र