२०८३, १० आश्विन आईतबार

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कुन-कुन सम्पदा र बस्तीलाई मौलिक स्वरुपमा पुनर्निर्माण गरिने (हेर्नुहोस् तस्वीर)

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कुन-कुन सम्पदा र बस्तीलाई मौलिक स्वरुपमा पुनर्निर्माण गरिने (हेर्नुहोस् तस्वीर)


काठमाडौँ, २९ भदौ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काठमाडौं उपत्यकाका परम्परागत बस्ती तथा उपत्यका बाहिरका नुवाकोट,गोरखाका दरबार क्षेत्र एवं दोलखाको भीमसेन बजारजस्ता क्षेत्रमा परेका बस्तीको पुनर्निर्माण गर्दा मौलिक स्वरुपलाई यथावत् कायम गर्ने निर्णय गरेको छ ।

प्राधिकरण कार्यकारी समितिको आज बसेको बैठकले ती क्षेत्रमा आवश्यक पर्ने बाटो, खानेपानी, ढलनिकासलगायत पुनःनिर्माणका लागि प्राधिकरणमार्फत नै लगानी गर्ने निर्णय पनि गरेको छ ।

त्यस्ता बस्तीमा रहेका निजी आवास पुनःनिर्माण गर्नुपर्ने घरधनीलाई मौलिक/पुरातात्विक शैलीमा पुनर्निर्माण गर्न थप रु ५० हजार अनुदान उपलब्ध गराउने निर्णय गरिएको छ ।

त्यसैगरी कार्यकारी समितिले दुई वा दुईभन्दा बढी घरधनीले संयुक्त स्वामित्वमा घर निर्माण गर्न चाहेमा निजहरुलाई संयुक्त स्वामित्वका आधारमा घरधनीको सङ्ख्या गणना गरी अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।

काठमाडौँ उपत्यकाका खोकना, बुङ्मती, सांँखु, किलागलजस्ता बस्तीमा लाभग्राही सूचीमा परेका घरको पुनःनिर्माण गर्दा जोडिएको घर भत्कने स्थिति भए उक्त घरधनीलाई समेत लाभग्राही सूचीमा समावेश गरी अनुदान रकम दिने निर्णय प्राधिकरण कार्यकारी समितिले गरेको छ ।

प्रकाशित मिति : २०७५, २९ भाद्र शुक्रबार  ५ : ४७ बजे

डडेलधुरा अस्पताल अध्यक्ष छनोटमा हस्तक्षेपको प्रश्न, कानुनी प्रक्रिया कि राजनीतिक पहुँच ?

डडेलधुरा । संघीय सरकार मातहत रहेको डडेलधुरा अस्पताल विकास समितिको

मलेखु–मुग्लिङ सडक ठप्प : १० भन्दा बढी ठाउँमा पहिरो, यात्रा नगर्न प्रशासनको आग्रह

काठमाडौं । लगातारको वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १०

पञ्चकुमारी सहकारीको १९औँ साधारण सभा

बनेपा । पञ्चकुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बनेपाले आर्थिक वर्ष

कालीगण्डकीको कहर : पर्वतमा ६६ घर बगायो, २३ घर मृत्युको जोखिममा

पर्वत । अविरल वर्षापछि उर्लिएको कालीगण्डकीले पर्वतमा ठूलो विनाश मच्चाएको

‘थ्रेट’ भन्दै पूर्वप्रधानन्यायाधीश राणा पक्राउ, कारण नखुल्दै परिवारको जिम्मा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ परेको केही समयमै रिहा