२०८३, ८ कार्तिक आईतबार

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कुन-कुन सम्पदा र बस्तीलाई मौलिक स्वरुपमा पुनर्निर्माण गरिने (हेर्नुहोस् तस्वीर)

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कुन-कुन सम्पदा र बस्तीलाई मौलिक स्वरुपमा पुनर्निर्माण गरिने (हेर्नुहोस् तस्वीर)


काठमाडौँ, २९ भदौ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काठमाडौं उपत्यकाका परम्परागत बस्ती तथा उपत्यका बाहिरका नुवाकोट,गोरखाका दरबार क्षेत्र एवं दोलखाको भीमसेन बजारजस्ता क्षेत्रमा परेका बस्तीको पुनर्निर्माण गर्दा मौलिक स्वरुपलाई यथावत् कायम गर्ने निर्णय गरेको छ ।

प्राधिकरण कार्यकारी समितिको आज बसेको बैठकले ती क्षेत्रमा आवश्यक पर्ने बाटो, खानेपानी, ढलनिकासलगायत पुनःनिर्माणका लागि प्राधिकरणमार्फत नै लगानी गर्ने निर्णय पनि गरेको छ ।

त्यस्ता बस्तीमा रहेका निजी आवास पुनःनिर्माण गर्नुपर्ने घरधनीलाई मौलिक/पुरातात्विक शैलीमा पुनर्निर्माण गर्न थप रु ५० हजार अनुदान उपलब्ध गराउने निर्णय गरिएको छ ।

त्यसैगरी कार्यकारी समितिले दुई वा दुईभन्दा बढी घरधनीले संयुक्त स्वामित्वमा घर निर्माण गर्न चाहेमा निजहरुलाई संयुक्त स्वामित्वका आधारमा घरधनीको सङ्ख्या गणना गरी अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।

काठमाडौँ उपत्यकाका खोकना, बुङ्मती, सांँखु, किलागलजस्ता बस्तीमा लाभग्राही सूचीमा परेका घरको पुनःनिर्माण गर्दा जोडिएको घर भत्कने स्थिति भए उक्त घरधनीलाई समेत लाभग्राही सूचीमा समावेश गरी अनुदान रकम दिने निर्णय प्राधिकरण कार्यकारी समितिले गरेको छ ।

प्रकाशित मिति : २०७५, २९ भाद्र शुक्रबार  ५ : ४७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना