२०८३, २६ बैशाख आईतबार

सप्तऋषि पूजामा महिला सशक्तीकरणका गीत

सप्तऋषि पूजामा महिला सशक्तीकरणका गीत


काठमाडौँ, २९ भदौ : काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित ऋषेश्वर मन्दिरमा सप्तऋषिको दर्शनका लागि आएका भक्तजनले सामाजिक चेतनाका गीत प्रस्तुत गरेका छन् ।

प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन लाग्ने उक्त मेला भर्न काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट आएका महिला भक्तजनले ऋषेश्वरको दर्शन तथा पूजा आराधनापछि उनीहरुका अधिकारसम्बन्धी गीत गाएका छन् ।

मन्दिर परिसरमा पञ्चमीको पूजाका लागि विशेष भीड लागेको छ । कामपा–१२ ले मेलालाई व्यवस्थित बनाउन ऋषेश्वर मेला व्यवस्थापन समिति गठन गरी त्यस क्षेत्रमा सरसफाइ तथा भक्तजनको सुरक्षा र भैपरी आउने समस्याको व्यवस्थापन गरेका छन् । वडा अध्यक्ष विकास डङ्गोलले मेला व्यवस्थानपनका लागि १२ वडाले महानगरसँग रु पाँच लाख माग गरेकामा रु तीन लाख उपलब्ध गराएको जानकारी दिनुभयो ।

भक्तजनको सहजताका लागि गएराति १२ बजेदेखि नै मन्दिर खुला गरिएको समितिले जनाएको छ । त्यस क्षेत्रको सडक खण्डमा सवारी साधन आवागमनमा निषेध गरिएको छ भने मेला भर्न आउने भक्तजनले सडकमा नाचगान गरिरहेका छन् । सामाजिक सशक्तीकरण तथा महिला अधिकारसम्बन्धी अधिकांश गीत लयवद्ध रुपमा घन्किएका छन् ।

मन्दिरमा दर्शन गर्न आउने मानिसलाई प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि निःशुल्क शिविर सञ्चालन गरिएको छ । स्थानीयवासीका साथै विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले दर्शनका लागि लामबद्ध भक्तजनलाई व्यवस्थित गर्न सहयोग गरेका छन् ।

मेला व्यवस्थापन समितिका संयोजक कृष्णबहादुर बज्राचार्यले शान्त वातावरणमा दर्शनार्थीले मन्दिरमा पूजा गरेको बताउँदै लामबद्ध भएका भक्तजनलाई साँझसम्म पनि दर्शन गर्न पाउने व्यवस्था गरिएको बताउनुभयो । विपत् व्यवस्थापन तथा नागरिक सुरक्षा समिति र सामुदायिक शहरी स्वास्थ्य क्लिनिकको सहयोगमा दर्शनका लागि आएका महिलालाई गम्भीर समस्या भए अस्पताल लैजानका एम्बुलेन्स तैनाथ अवस्थामा राखिएको छ ।

मन्दिर परिसरभित्र तथा बाहिर पूजा गरी दान दक्षिणा लिनका लागि पण्डितको व्यवस्था मिलाइएको छ । मन्दिरमा दर्शन गर्न आएकी दीपा केसीले हिन्दू नारीको उक्त पर्वको विशेष सांस्कृतिक महत्व रहेको बताउँदै मेलामा स्वयंसेवकको क्रियाशीलता तथा व्यवस्थापनका कारण छिट्टो छरितो लाइन सरेको अनुभव व्यक्त गर्नुभयो । मेला व्यवस्थापनका लागि करीब ३०० स्वयंसेवक खटाइएको समितिले जनाएको छ ।

नारीहरू रजस्वला हुँदा जानेर वा नजानेर गरिएका जति पनि पापबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमी व्रत गर्ने गरेको हिन्दू धर्मावलम्बीको विश्वास छ । कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ ऋषिको महिलाले आजको दिन पूजा गर्ने गर्दछन् ।

व्रतालु महिलाले नदी, ताल, तलाउ, पोखरीमा दतिवनले दाँत माझेर, चोखो माटो, तिल र गोबर लगाई स्नान गर्ने र चोखो बस्त्र पहिरेर पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने गर्दछन् । उनीहरुले आजको दिन हलोबाट उत्पन्न भएका अन्न नखाई सागपात, कन्दमूल वा फलको सेवन गर्ने गर्दछन् ।

प्रकाशित मिति : २०७५, २९ भाद्र शुक्रबार  ५ : १६ बजे

बिहे भोजपछि ९३ जना बिरामी, ५० जनाको अस्पतालमा उपचार जारी

काठमाडौं । एक स्थानीय बिहे भोजपछि ठूलो संख्यामा पाहुनाहरू बिरामी परेका

ट्राफिकको ‘कडा स्ट्राइक’, ३१ चालकको लाइसेन्स खोसिने तयारी

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने ३१ जना सवारी चालकको सवारी

बर्दिबासमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको आन्दोलन चर्कियो

काठमाडौं । सरकारी, ऐलानी लगायतका जग्गाबाट बस्ती हटाउने सरकारी निर्णयको विरोधमा

आजको मौसमः केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान

राष्ट्रिय स्वतन्त्र पार्टी को सचिवालय बैठक आज, ६ एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ ६ बजे