२०८३, २५ आश्विन सोमबार

चितवनमा विद्युत चोर्ने ३०२ जनाई कारवाही २८ लाख राजश्व सङ्कलन

चितवनमा विद्युत चोर्ने ३०२ जनाई कारवाही २८ लाख राजश्व सङ्कलन


चितवन, २८ भदौ नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत् चोरी गर्ने ३०२ जनालाई कारवाही गरेको छ ।
विद्युत् चोरी नियन्त्रण अभियानका क्रममा केन्द्रले गत आर्थिक वर्षमा हुकिङ गर्ने, मिटर बन्द गर्ने, मिटरमा लगाइएको सिल तोड्ने कार्य गरेका उनीहरुलाई कारवाही गरेको हो ।

कारवाही गरिएका व्यक्तिबाट कार्यालयले रु २८ लाख २० हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख सुरेशकुमार महतोका अनुसार चुहावट नियन्त्रणका लागि कार्यालयले समय समयमा छड्के अनुगमन गर्ने गरेको छ । जसका कारण चुहावटमा समेत कमी आएको कार्यालयको दाबी छ । कार्यालयले दिएको जानकारीअनुसार अघिल्लो आवको तुलनामा गत आवमा विद्युत् चुहावटमा एक दशमलब १८ प्रतिशतले कमी आएको छ ।

तथ्याङ्कअनुसार अघिल्लो आवमा १२ दशमलब ३९ प्रतिशत विद्युत् चुहावट भएकामा गत आवमा ११ दशमलब २१ प्रतिशत विद्युत् चुहावट भएको थियो । यसलाई घटाएर चालू आवमा शून्य प्रतिशत चुहावट झार्ने उद्देश्य रहेको महतोले बताउनुभयो । कार्यालयले सोही अवधिमा समयमै महशुल नबुझाएका एक हजार १८३ जना सेवाग्राहीको लाइन काटेको छ । यस्तै काटिएका लाइनमध्ये एक हजार १०० जनाको पुनः जडान गरिएको महतोले बताउनुभयो । पुनः जडान गर्ने सेवाग्राहीबाट रु दुई करोड आठ लाख २९ हजार जरिवाना रकम सङ्कलन गरेको छ ।

यस केन्द्रले भरतपुर महानगरपालिका, माडी नगरपालिका, इच्छाकामना गाउँपालिका र देवघाट गाउँपालिकाका केही क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको छ । गत आवमा सात हजार नयाँ ग्राहक थपिएका छन् । यो सँगै केन्द्रका ग्राहकको सङ्ख्या ८० हजार १९९ पुगेका छन् ।

प्रकाशित मिति : २०७५, २८ भाद्र बिहीबार  २ : ०३ बजे

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम