२०८३, १५ आश्विन शुक्रबार

हरितालिका तीजमा भगवान पशुपतिनाथ मन्दिर प्रवेश गर्न तीन मार्गको व्यवस्था

हरितालिका तीजमा भगवान पशुपतिनाथ मन्दिर प्रवेश गर्न तीन मार्गको व्यवस्था


काठमाडौँ, २६ भदौ हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीनवटा मार्गको व्यवस्था गरिएको छ ।

मित्रपार्क–गौरीघाट–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वर नयाँ फलामे भयाङ हुँदै कैलाश दक्षिणस्थित जुत्ताचप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ ।

जयबागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्यमठ दक्षिण हुँदै फलामेपुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरिने व्यवस्था गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।

यसैगरी तेस्रो मार्ग वनकाली–चारशिवालय–पञ्चदेवलपूर्व–बज्रघर–दक्षिणढोका हुँदै चौँसट्ठी लिङ्गको सानोढोकाबाट मन्दिर प्रवेश गरी दक्षिणढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ ।
दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने कोषका सदस्यसचिव डा ढकालले बताउनुभयो । मन्दिरका चार ढोका बेलुकी ८ बजेसम्म खुला गरिने जनाइएको छ ।

श्रीयन्त्रको पूजा र महाभोग लगाउने बेलामा भने दर्शन एवं पूजाका लागि मन्दिरको ढोका बन्द गरिने कोषले जनाएको छ । तीजका दर्शनार्थीको भीड बढी हुने भएकाले महँगा गहना लगाएर नआउन र साना बालबालिका पनि नल्याउन कोषले भक्तजनलाई आह्वान गरेको छ ।

पशुपतिको नियमित दर्शन गर्नेका लागि बिहान छ बजे अगावै भुवनेश्वरी चोकस्थित सानो फलामे ढोकाबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ । तीजका अवसरमा आजैदेखि चार वटै सुरक्षा निकाय र कोषका सुरक्षाकर्मी समेतको एकीकृत सुरक्षा योजना बनाई कार्यान्वयन शुरु भएको छ ।

दर्शनार्थीका सवारी पार्किङ गर्नका लागि तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौर, गुह्येश्वरीपारिको खाली भाग, महानगरीय प्रहरी वृत्त गौशाला परिसरको खाली भाग छुट्याइएको छ । पर्वसँग सम्बन्धित सरकारी निकायका कर्मचारीको सवारी भने कोषको कार्यालय र अमालकोट कचहरीको कार्यालय परिसरमा राख्ने व्यवस्था गरिएको छ ।

स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, सरसफाइ तथा जुत्ताचप्पल कक्षको व्यवस्थापन एवं सञ्चालनलगायत सम्पूर्ण तयारी पूरा गरिएको कोषले जनाएको छ । मेला क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ । वडा कार्यालयले जारी गर्ने पासका आधारमा स्थानीयवासीका सवारी आउन जान दिइने जनाइएको छ ।

प्रकाशित मिति : २०७५, २६ भाद्र मंगलबार  ९ : ५३ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र