२०८३, १५ आश्विन शुक्रबार

पाँचखालको दर पचाउनै सकस, सांसद भूर्तेल सहित ५ सय ३६ लाई बनायो आच्छुआच्छु

पाँचखालको दर पचाउनै सकस, सांसद भूर्तेल सहित ५ सय ३६ लाई बनायो आच्छुआच्छु


धुलिखेल । काभ्रेको पाँचखाल नगरपालिका १२ कासकोटे बालुवामा तीजको दर खाँदा प्रदेश सभा सांसद गोमा भूर्तेल सहित ५ सय ३६ जनाको शरिरले गत शुक्रबारदेखि व्यहोरेको भिषण सास्तीबाट विस्तारै मुक्ति पाइरहेको छ । सहयात्री भैरव सेढाईको सहकारी संस्थाले सांसद भूर्तेललाई तिजको दर खाने निम्तो दिएपछि समुदायको बीचमा दर खान उनी त्यहाँ पुगेकी थिइन् । तर, दरखाने अन्य महिला, बालबालिकाहरु जस्तै उनले पनि पाँचखालको दर पचाउन सास्ती व्यहोर्नु प¥यो । उनी मात्रै होइन उनको श्रीमान शिवप्रसाद भूर्तेल र उनकी छोरी पवित्रा भूर्तेललाई पनि सेढाईको दरले झण्डै सिध्यायो ।

तीज पर्व हिन्दु महिलाहरुको मौलिक र महत्वपूर्ण चाड हो । दौतरीहरुको आत्मीयतालाई ताजा राख्न तीजभन्दा केही अघिदेखि नै दरका कार्यक्रमहरु विभिन्न स्थानमा आयोजना हुने गरेका छन् । यो पर्व उत्ताउलो र भड्किलो बनाइदै गलेको भनेर आलोचित समेत हुने गरेको छ । यही पर्वको अवसरमा आयोजना गरिएको दर खाँदा के कारणले सहभागी सबै नै सोत्राम विरामी परे भन्ने कुरा अझै खुल्न सकेको छैन । अन्यत्र जस्तै शुक्रबार ग्रामीण स्वावलम्वन बहुउद्देश्यीय सहकारी संस्थाले तीजको अवसरमा दर खुवाउने कार्यक्रमको आयोजना गरेको थियो । उक्त दर कार्यक्रममा दर खाएपछि खानेहरु सबै बिरामी परेका थिए । विरामी मध्ये कतिपयलाई आइसियुमा समेत राख्नु परेको थियो । तरकारी बारीमा प्रयोग गर्ने इनारको पानी खाँदा त्यस्तो भएको अनुमान गरिए पनि सबैले त्यसलाई विश्वास गर्न सकेका छैनन् । पाँचखाल भेगमा अत्याधिक विषाधीको प्रयोग हुने गरेको र तरकारीमा प्रयोग गर्ने इनारको पानी झिक्ने भाँडाबाट विषाधी उक्त इनारमा पुगेको हुनसक्ने अनुमान गर्नेहरु पनि छन् । तर त्यसको पुष्टि भने अझै भएको छैन । के कारणले भएको हो भन्ने थाहा पाउनका लागि खाद्य गुणस्तर र स्वास्थ्य सेवा विभागमा परीक्षण भइरहेको र त्यसको रिपोर्ट आइनसकेको बताइएको छ ।

विरामीलाई ज्वरो आउने,बान्ता हुने,पेट दुख्ने, टाउको दुख्नेजस्ता समस्या देखिएको थियो । बिरामी भएकाहरुको विभिन्न स्वास्थ्य संस्थामा उपचार गरिएको थियो । उपचारको ब्यवस्था सरकारले गरेको थियो । उपचारपछि अधिकांश विरामीहरु घर फर्किसकेका छन् । पाँचखालको तीनघरेमा उपचारको लागि शीविर नै सञ्चालन गर्नु परेको थियो ।

घटना भएपछि प्रशासनले प्रहरीको टोली खटाएको थियो भने राजनीतिक दलका नेता÷कार्यकर्ता, स्थानीय जनप्रतिनिधिहरु विरामीहरुको उपचार र उद्दारका लागि जुटेका थिए । बिरामी भएकाहरुमा महिला, पुरुष र बालबालिकाहरु रहेका थिए ।

प्रकाशित मिति : २०७५, २६ भाद्र मंगलबार  ९ : ०३ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र