२०८३, २५ आश्विन सोमबार

मन्त्री फेर्न ओली–प्रचण्डको गोप्य भेट !

मन्त्री फेर्न ओली–प्रचण्डको गोप्य भेट !


काठमाडौं, भदौ २६ : नागरिकहरुमा सरकारको कार्यशैलीप्रति निराशा बढेपछि प्रधानमन्त्री केपी ओलीले सरकारका केही मन्त्रीहरु फेर्नका लागि गृहकार्य अगाडि बढाउनुभएको छ । पूर्व माओवादी केन्द्रबाट गृह मन्त्री भएका रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्नकालागि प्रधानमन्त्री ओलीले प्रचण्डको साथ खोजेका छन् ।

प्रचण्डको सहमति लिएर नै ओलीले वादल र यादवलार्ई हटाएर नयाँ मन्त्री थप्ने योजना अगाडि बढाएको स्रोतको दावी छ । त्यसैगरी पूर्व एमालेबाट मन्त्री भएका पर्यटन मन्त्री रविन्द्र अधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डिलाई पनि हटाउने गृहकार्य भइरहेको स्रोतको दावी छ ।

कुन–कुन मन्त्रीहरुलाई हटाउने भन्ने विषयमा दुई अध्यक्षबीच मोटामोटी सहमति जुटिसकेको स्रोतले जानकारी दिएको छ । प्रचण्ड भारत भ्रमणमा जाने बेलामा नै केही मन्त्रीहरुलाई हेरफेर गर्ने मनस्थितिमा प्रधानमन्त्री ओली पुग्नु भएको थियो । यता प्रचण्डले पनि दुई÷चार जना मन्त्री हट्न सक्ने भन्दै सार्वजनिक रुपमा जनताको पक्षमा काम नगर्ने मन्त्री हटाउने बताउनु भएको थियो ।

उहांले गत मंगलवार आफ्नै निवासमा पार्टी निकटका पत्रकाहरुलाई बोलाएर यस्तो संकेत गर्नुभएको थियो । ओली र प्रचण्डबीच सोमबार सांझ मन्त्री फेरवदल गर्ने विषयमा गम्भीर कुराकानी भएको वालुवाटार स्रोतले दावी गरेको छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : २०७५, २६ भाद्र मंगलबार  ६ : ४५ बजे

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम