२०८३, १५ आश्विन शुक्रबार

दुई बालिकालाई चार दिनसम्म बन्धक बनाएर बलात्कार, एक युवक पक्राउ

दुई बालिकालाई चार दिनसम्म बन्धक बनाएर बलात्कार, एक युवक पक्राउ


काठमाडौं, भदौ २५ । ललितपुरका दुई बालिकालाई ललाइफकाइ आफ्नो कोठामा पुर्‍याएर बन्धक बनाइ बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर बस्दै आएका २५ वर्षीय हेम खत्री रहेका छन् । उनलाई कीर्तिपुरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरबाट रिसाएर हिँडेका ललितपुर, इमाडोलका ११ र १३ वर्षीया दिदीबहिनीलाई खत्रीले बसमा भेटाएको र फकाएर आफ्नो डेरामा पुर्‍याएर चार दिनसम्म बन्धक बनाएर राखेको प्रहरी अनुसन्धानले देखाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्त लामाले जानकारी दिए ।

दुई बालिकामध्ये एकजनालाई खत्रीले भदौ २३ गते छाडिदिएको र अर्कीलाई भने प्रहरीले सोमबार उद्धार गरेको जनाइएको छ । पक्राउ परेका खत्रमाथि अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणी अभियोगमा मुद्दा दर्ता गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २५ भाद्र सोमबार  ७ : ४४ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र