२०८३, १३ भाद्र आईतबार

मन्त्रीको जवाफ नै चित्त बुझ्दैन सांसदलाई !

मन्त्रीको जवाफ नै चित्त बुझ्दैन सांसदलाई !


काठमाडौं, भदौ २५ : जनताको चाहानालाई मुर्त रुप दिन बोलाइने संसदीय समितिलाई सांसदहरुले नै वेवास्ता गर्न थालेका छन् । संसद्को बैठकमा मात्र होइन समितिको बैठकमा पनि प्रायजसो शीर्ष नेताहरुको उपस्थिती प्राय सुन्य देखिन्छ । संसदीय समितिलाई ‘मिनी संसद’ भन्ने गरिएको भएपनि संसादहरुले समितिलाई वास्ता गर्न छाडेका छन ।संसदीय समितिमा दफावार छलफल भएपछि र सबैको सहमति भएपछि मात्र विधेयक संसदको बैठकमा लैजाने गरेको छ ।

आइतबार बोलाइएको प्रतिनिधिसभाको अर्थ समितिको ५ औं बैठक गणपूरक संख्या नपुग्दा बैठक बसेपनि कुनै निर्णय गर्न सकेन । बैठक बिहान ११ बजे बोलाइएको थियो । समितिका जेष्ठ सदस्य रहेका राजपा नेता महन्थ ठाकुर पनि ११ बजेभन्दा ढिलो गरी बैठकमा पुग्ु भएको थियो । समितिमा रहेका २५ सदस्यमध्ये १२ सांसदमात्र बैठकमा उपस्थित भएका थिए ।

बैठकमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, श्यामकुमार श्रेष्ठ, रामकुमारी झाँकी, प्रमिला राई, चुडामणी खड्का, निरादेवी जैरु, तुल्सी थापा, सरवत आरा खानसहित १२ सांसद्को मात्रै उपस्थिति रहेको थियो ।

प्रतिनिधिसभा नियमावली , २०७५ को नियम १७९ मा गणपूरक संख्यासम्बन्धी व्यवस्था गरिएको छ । नियममा भनिएको छ–‘ समितिको बैठकमा गणपूरक संख्या नपुगेमा सो संख्या नपुगेसम्म समितिका सभापतिले बैठकको कार्य स्थगित गर्न वा अर्को दिनका लागि बैठक स्थगित गर्न सक्नेछ ।’ यो खबर आजको नेपाल समाचारपत्रमाा छ ।

प्रकाशित मिति : २०७५, २५ भाद्र सोमबार  ६ : ५० बजे

बाढी प्रभावितका लागि काठमाडौं महानगरले सातवटा एम्बुलेन्स परिचालन गरेको छ : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विपद्को सुरुवाती

यातायात श्रमिकको खोजी तथा राहतका लागि विपद् व्यवस्थापन तथा उद्धार समिति गठन

काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीका कारण हराइरहेका

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि हाम्रो कर्तव्य हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न

भोटेकोशी बाढी : ७३५ वटा शव फेला, २५ प्रहरी सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी