२०८३, ८ कार्तिक आईतबार

दश किलो अवैध सुनसहित दुई पक्राउ

दश किलो अवैध सुनसहित दुई पक्राउ


गोरखा, २३ भदौ: उत्तरी गोरखाको सिर्दिबासमा १० किलो अवैध सुनसहित दुई पक्राउ परेका छन् । चुमनुव्री गाउँपालिका–३ स्थित सिर्दिबासमा चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिमल बस्नेतले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा चुमनुव्री गाउँपालिका–७ छेकम्पारका घर भएका मुटुक लामा र लोप्सान तेन्जे लामा रहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयो । “चेकजाँचका क्रममा प्रहरीको टोलीले खानतलासी गर्दा उनीहरुको साथबाट अवैध सुन बरामद गरेको होे”, प्रहरी उपरीक्षक बस्नेतले भन्नुभयो ।

यसअघि गोरखाको उत्तरी क्षेत्र हँुदै नेपालमा सुनको तस्करी भइरहेको आङ्शकामा प्रहरीले गहिरो अनुसन्धान गर्दै आएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २३ भाद्र शनिबार  ७ : ३४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना