२०८३, २२ आश्विन शुक्रबार

बेगनास तालमा डुङ्गा दुर्घटना, दुईको मृत्यु, पाँच बेपत्ता

बेगनास तालमा डुङ्गा दुर्घटना, दुईको मृत्यु, पाँच बेपत्ता


लेखनाथ, २३ भदौ: कास्कीको बेगनास तालमा आज डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । पोखरा महानगरपालिका–२८ कालीका घर भएकी ५२ वर्षीया कृष्णकुमारी बजगाईं र पोखरा–३१ बेगनास घर भएकी ३२ वर्षीया जमुना कँडेलको डुङ्गा दुर्घटनामा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय शिशुवाका प्रहरी निरीक्षक किरण रावतले जानकारी दिनुभयो ।

बजगाईंको लेखनाथ सामुदायिक लायन्स अस्पताल र कँडेलको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । डुङ्गा गन्तव्यमा पुग्नु भन्दा करिब दुई सय मिटर वर नै दुर्घटनाग्रस्त भएको हो । डुङ्गामा नौ जना सवार रहेका थिए । दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा नवलपरासीको गैँडाकोट घर भएका ३२ वर्षीय रवि खनाल, उनकै छोरा सात वर्षीय शङ्कर र आठ वर्षीय शिव खनाल, पाँच वर्षीय प्राचीन पौडेल र १७ वर्षीया मनिसा बजगाईं रहेकी छन् । खनाल नेपाली सेनामा कार्यरत रहेका थिए ।

उनीहरु तीज मान्नका लागि वेगनासताल पारि घर भएका आफन्त कमल कँडेलको घरमा आएको बताइएको छ । डुङ्गाघाट पुग्न करिब दुई सय मिटर वर लिप्दी भन्ने स्थानमा डुङ्गा दुर्घटना परेको थियो ।

उद्धार गर्न खोज्दा डुङ्गा डुब्यो
प्रहरीका अनुसार डुङ्गामा सवार प्राचीन पौडेल एक्कासी तालमा खसेपछि आमा निशा पौडेल उद्धारको लागि तालमा हाम फालिन् । तालमा हाम फालेपछि डुङ्गाको सन्तुलन गुम्यो र डुङ्गा पल्टिएसँगै सबै तालमा खसे । तालमा डुङ्गा पल्टिएलगत्तै स्थानीयबासी उद्धारमा जुटेकाले केहीलाई बचाउन सकिएको हो ।

घटनास्थलमा सुरक्षाकर्मी, सशस्त्र प्रहरी बल, स्थानीयसँगै गोताखोर परिचालित भएकोे इप्रका शिशुवाका प्रहरी निरीक्षक रावतले जानरकारी दिनुभयो । बेपत्ताको खोजी तीव्र पारिएको प्रहरीले जनाएकोछ । डुंगामा एक्लै गएका कमल कँडेल तालमा डुंगा पल्टिएको देखेपछि बेहोस भएका थिए । उनी पनि तालमा खसेपछि उनको उद्धार गरिएको थियो । उनको अवस्था समान्य रहेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २३ भाद्र शनिबार  ७ : २० बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य