२०८३, ३ आश्विन आईतबार

प्रधानमन्त्री ओलीसँग भारतका पूर्व प्रमको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग भारतका पूर्व प्रमको शिष्टाचार भेट


काठमाडौँ, २२ भदौ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको सो भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका प्रधानमन्त्रीले एकअर्का मुलुकमा गरेको भ्रमणले द्विपक्षीय हित र सम्बन्धलाई अझ गाढा बनाएको बताउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले दुई देशका प्रधानमन्त्रीको भ्रमणबाट जलमार्ग, रेलमार्ग र र कृषिका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको बताउनुभयो । सो अवसरमा देवेगौडाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको स्मरण गर्दै यसले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भारतीय पूर्वप्रधानमन्त्री देवेगौडाले नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकामा प्रधानमन्त्री ओलीलाई बधाइ तथा धन्यवाद दिनुभएको थियो ।

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  १० : ५३ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका