२०८३, १३ भाद्र आईतबार

तीन वर्षभित्र घरघरमा पानी पुग्छ : मन्त्री मगर

तीन वर्षभित्र घरघरमा पानी पुग्छ : मन्त्री मगर


बनियानी, झापा, २२ भदौ: खानेपानीमन्त्री बीना मगरले तीन वर्षभित्र घरघरमा आधारभूत पानी पु¥याइने बताउनुभएको छ । झापाको विर्तामोडस्थित विर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ संस्थाको नवर्निमित पानी प्रशोधन उपकरण (फिल्टर प्लान्ट)–को आज उद्घाटन गर्दै मन्त्री मगरले भन्नुभयो, “ तीन वर्षभित्र सबै नेपालीको घरमा आधारभूत पानी पु¥याउने लक्ष्यका साथ गृहकार्य भइरहेको छ ।”

दूषित पानीकै कारण ८२÷८३ वटा रोग लाग्ने गरेको बताउँदै उहाँले सरकारले शुद्ध खानेपानीमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । झापाको मेची, कनकाइलगायत नदी–हिमनदीको पानीलाई व्यावसायीकरण गर्ने बताउँदै उहाँले आठवटा ‘वाटर ब्लक’ निर्माणको तयारी भइरहेको जानकारी दिनुभयो । “मेचीदेखि महाकालीसम्मको पानीलाई पाइपलाइनमार्फत् अन्तर्राष्ट्रिय बजारमा पु¥याउने योजना छ”, उहाँले भन्नुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष जलकुमार गुरुङले असोज १ गदेखि विर्तामोड नगर क्षेत्रमा चौबिसैँ घण्टा पानी वितरण गरिने बताउनुभयो ।

खानेपानी मन्त्रालयले उपलब्ध गराएको रू ५५ लाखको लागतमा पानी प्रशोधन उपकरणबाट दैनिक १३ हजार ५० हजार लिटर पानी प्रशोधन हुने संस्थाका सचिव मेघराज बाँस्तोलाले जानकारी दिनुभयो ।

‘झापाबाट समाजवाद शुरु’
यसैगरी नेपाल कम्युनिष्ट पार्टीका नेता एवं सांसद सुरेन्द्र कार्कीले ‘बालबालिकालाई निःशुल्क दूध’ अभियानको आज शुभारम्भ गर्नुभएको छ । झापाको मेचीनगर–१२ शहरेडाँगीस्थित सरस्वती बाल कल्याण माविका बाल कक्षामा अध्ययनरत बालबालिकालाई दूध सेवन गराउँदै सांसद कार्कीले अभियान शुभारम्भ गर्नुभयो । ‘धरतीका निम्ति गोबर मल, बालबालिकाको निम्ति एक ग्लास दूध बनेर आउनेछ समाजवाद’ भन्ने नाराका साथ आजदेखि अभियान शुरु गरिएको हो ।

सांसद कार्कीले बालबालिकालाई निःशुल्क दूध उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको थियो । सोही प्रतिबद्धताअनुरुप अभियान शुरु गरिएको हो । कार्यक्रममा विद्यालयका ६८ जना बालबालिकालाई दूध सेवन गराइएको थियो । उनीहरुलाई दैनिक एक ग्लास दूध निःशुल्क उपलब्ध गराइने छ ।
पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका कार्कीले भन्नुभयो, “समाजवाद भनेको नहुनेलाई हुन दिने हो, आफूसँगै समाजलाई पनि अघि बढाउने हो, आजदेखि झापाबाट समाजवाद शुरु भयो ।”
-रासस

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ८ : ५१ बजे

संकटमा उद्धार, राहत र महिला संवेदनशीलता

विपद् आएपछि सबैभन्दा पहिले मानिसलाई खाना, पानी र बस्ने सुरक्षित

रसुवाको बाढीपहिरोबारे एमाले महासचिव पोखरेलले ओलीलाई बुझाए स्थलगत प्रतिवेदन

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले रसुवामा गएको बाढीपहिरोबाट भएको

सुनाए बाढीबाट ज्यान जोगाउँदाको भयावह अनुभव

‘अगाडि जान सकिन, पछाडि भीषण बाढी थियो’ नुवाकोट । रसुवाको

बाढी प्रभावितका लागि काठमाडौं महानगरले सातवटा एम्बुलेन्स परिचालन गरेको छ : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विपद्को सुरुवाती