२०८३, २१ श्रावण शुक्रबार

अस्प्तालमा छोरी घर पुग्दा छोरा !

अस्प्तालमा छोरी घर पुग्दा छोरा !


काठमाडौं, भदौ २२ : गोदावरी नगरपालिका ८ जमुनाभाडीकी २३ बर्षीया काली खातीले भदौ १७ गते बिहान सेती अञ्चल अस्पतालमा छोरी जन्माईन । छोरीको स्वास्थ्यमा केही समस्या भएको भन्दै चिकित्सकले तुरुन्तै एसएनसियुमा भर्ना गरे । आमा प्रसुतिगृहमै भर्ना भइन् । भने छोरीलाई अलग्गै भवनमा राखियो ।

बेलुकी एसएनसियुबाट छोरीलाई दुध खुवाउन भन्दै उपचारमा संलग्न चिकित्सकले कालीकी आमा दिलु बोहरालाई बच्चा दिए ।
कालीले दुध खुवाईन् । डिस्चार्ज भएपछि घर गईन् । घर पुगेपछि बच्चाले दिसा गरेको भन्दै डाईपर निकाल्दा खाती दम्पती छक्क परे ।

अस्पतालमा शिशुलाई आमाको दुध खुवाउने बेलामा नर्सहरुले खाती दम्पतीकी छोरीलाई त्यहीँ राखेर अर्को शशिु दिएका थिए, जुन शिशु सोही दिन एसएनसियुमा राखिएको डडेलधुरा जोठबुढा नगरपालिकाकी भावना बोहराका छोरा थिए ।

अस्पतालमा छोरी जन्मेको भनेका थिए, घर पुग्दा त छोरा पो देखियो, कालकी पति मेघराज खातीले भने, घर पुगिसकेका खाती दम्पतीलार्य एक चिकित्सकले फोन गरेर तुरुन्तै अस्पताल आउन भने । अस्प्ताल पुगेका उनीहरुको हातबाट शिशु छोरा थुतेर अर्को शिशु छोरी थमाईयो ।
-नागरिक दैनिक

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ६ : ४० बजे

देउवा पक्राउ भए कांग्रेस सडकमा उत्रिन्छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पूर्वसभापति शेरबहादुर देउवा

गुण्डुको अन्नन्त कुण्डमा हरेक महिनाको अन्तिम सोमबार दिव्य गंगा–आरती हुने, सहभागि हुन आव्हान

भक्तपुर, २१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

सूर्यविनायकको ऐतिहासिक शिव सर्किट घुम्दै महिलादेखिदेखि शिक्षक शिक्षिका

भक्तपुर, २१ साउन : सूर्यविनायक नगरपालिकाको ऐतिहासिक शिव शिव सर्किटकोबारेमा

सर्वोच्चले कांग्रेसको आधिकारिकता विवाद पुनः सुनुवाइ गर्न अनुमति दियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशन तथा आधिकारिकतासम्बन्धी