२०८३, ६ बैशाख सोमबार

सत्तरी करोड ठगी गर्ने चिरीबाबु महर्जन सहित दर्जन पक्राउ

सत्तरी करोड ठगी गर्ने चिरीबाबु महर्जन सहित दर्जन पक्राउ


काठमाडौँ, २१ भदौ नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले कीर्ते कागजात खडा गरी रु ७० करोड बराबरको सम्पत्ति ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोले टोलीले चुनदेवी बस्ने भारतीय नागरिक राम नीरञ्जन जटियाको नाममा रहेको शङ्कर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको नक्कली कागजात बनाई ठगी गर्ने मकवानपुरका राजनप्रसाद लम्साल, काठमाडौँका नीरजकुमार मानन्धर, हिमाल महर्जन, राजकुमार तामाङ, चिरीबाबु महर्जन, रामेछापका जीतबहादुर मगर, मोरङका पूण्यप्रसाद खरेल र बाराका अमृत थापामगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सानुराम भट्टराईले जीतबहादुर मगरलगायत व्यक्तिले शङ्कर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयरधनी, सञ्चालक र कम्पनीको अध्यक्ष जीतबहादुर मगर हो भनी इलेक्ट्रिकको नाममा रहेको बालुवाटार, सतुङ्गल, म्याग्दी र नुवाकोटको जग्गा बेचबिखन गरेर ठगी गरेको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो ।

इलेक्ट्रिकका सञ्चालक एवं अध्यक्ष रहेका जटियाको घरबाट सो कम्पनीको कागजात चोरी गरी जटियाको नाममा रहेको शेयर खरिद गरी कम्पनी रजिष्ट्रार कार्यालयका कर्मचारी समेतको मिलेमतोमा आफ्नो बनाएर ठगी गरेका थिए ।

कम्पनी रजिष्ट्रार कार्यालयमा सहायक रजिष्टार पदमा कार्यरत नारायणप्रसाद पोखरेल र उमेशमान जोशी तथा सोही कार्यालयमा आइटी शाखामा करारमा कार्यरत दुई कर्मचारी भने फरार रहेको ब्यूरोले जनाएको छ ।

पक्राउ परेकालाई विद्युतीय अपराध, चोरी, ठगी तथा सङ्गठित अपराधमा अनुसन्धान गरी, अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा पेश गरेको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार  ८ : २२ बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदिप ज्ञवाली

काठमाडौं । प्रदीप ज्ञवाली ले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने

प्रत्यक्ष सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी ताेक्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नरहेका

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ