२०८३, ३१ जेष्ठ सोमबार

शिक्षक सेवा आयोगको फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने

शिक्षक सेवा आयोगको फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने


काठमाडौ २१ भदौ शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ । यही असोज ११ गतेदेखि हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फारम भरेको जिल्लाबाट नभई फरक जिल्लाबाट परीक्षा दिनुपर्ने व्यवस्था गरेको आयोगका उपसचिव दामोदर आचार्यले जानकारी दिनुभयो ।

“परीक्षालाई विश्वसनीय र मर्यादित बनाउन यस पटकदेखि हामीले ‘होम सेन्टर’ हटाएका हौँ” उहाँले भन्नुभयो, “परीक्षार्थीले जुन जिल्लाबाट फारम भरेका छन् सोही जिल्ला नभई अर्को जिल्लामा गई परीक्षा दिनुपर्ने छ ।” परीक्षा सञ्चालन गर्नुभन्दा अगाडि आयोगले केन्द्राध्यक्षलाई अभिमुखीकरण तालीम दिनेछ । आयोगले असोज ११ गते मावि, १२ गते प्रावि र १३ गते निमावि तहको परीक्षा तोकेको छ ।

तीनै तहको परीक्षाको लागि करीब २२५ परीक्षा केन्द्र तोकिने भएको छ । उपसचिव आचार्यले २२५ परीक्षार्थी बराबर एक परीक्षा केन्द्र हुने बताउनुभयो । एउटा परीक्षा केन्द्रमा एक केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष र ११ निरीक्षक रहने छन् । परीक्षामा २० परीक्षार्थी बरावर एक निरीक्षकको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

उपसचिव आचार्यले ७७ जिल्लाबाट फारम भर्ने व्यवस्था गरे पनि ३४ जिल्लामा मात्र परीक्षा सञ्चालन हुने बताउनुभयो । सुरक्षा तथा यातायातको सुविधा हेरेर ३४ जिल्लामा मात्र परीक्षा सञ्चालन हुनेछ । आयोगले परीक्षाका लागि उत्तरपुस्तिका समेत पठाउन थालेको छ । आयोगका अनुसार अहिलेसम्म मध्यपश्चिम, पश्चिमाञ्चल र सुदूरपश्चिममा उत्तरपुस्तिका पठाइसकेको छ ।

आयोगले अबको एक हप्ता सबै परीक्षा हुने जिल्लामा उत्तरपुस्तिका पठाइसक्ने छ । कूल १२ हजार ७५६ पदका लागि दुई लाख ७७ जना परीक्षार्थी रहेका छन् । सबभन्दा बढी प्राविमा एक लाख ५८ हजार, निमावीमा ८१ हजार र माविमा ३८ हजार परीक्षार्थी रहेका छन् ।

वर्षेनी विज्ञापन गरिने

यसैगरी आयोगले अबदेखि वर्षेनी विज्ञापन गर्ने तयारी गरेको छ । रिक्त शिक्षकको दरबन्दी मगाएर वर्षेनी विज्ञापन गरी पदपूर्ति गरिने आयोगले जनाएको छ । आयोगले अहिले परीक्षा सकाएर शिक्षक अनुमतिपत्रको विज्ञापनपछि चैतमा पुनः शिक्षकको विज्ञापन गर्ने तयारी गरेको हो ।

प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार  ६ : ४० बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क