२०८३, १८ आश्विन सोमबार

जापानमा शक्तिशाली समुद्री आँधीमा परी ६ जनाको मृत्यु, १ सय ६० भन्दा बढी घाइते

जापानमा शक्तिशाली समुद्री आँधीमा परी ६ जनाको मृत्यु, १ सय ६० भन्दा बढी घाइते


जापानमा आएको २५ वर्ष यताकै शक्तिशाली समुद्री आँधीका कारण कम्तिमा ६ जनाको मृत्यु भएको छ ।आँधीमा परेर १ सय ६० जनाभन्दा बढी घाइते भएका छन् । समुद्री आँधी जापानको दक्षिण क्षेत्रमा जमिनको सम्पर्कमा आएको थियो ।जेबी नाम दिइएको यो आँधी १ सय ७२ किलोमिटर प्रतिघण्टाको बेगमा आएको अधिकारीहरुले जनाएका छन् ।

आँधीसँगै भीषण वर्षा पनि भएको थियो । आँधी प्रभावित क्षेत्रका १० लाखभन्दा बढी मानिसलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान अधिकारीहरुले चेतावनी दिएका छन् ।शिकोकु टापुबाट सुरु भएको आँधी जापानकै ठूलो होन्सु टापुमा पुगेर फैलिएको थियो ।अधिकारीहरुले ठूला समुद्री छाल, डुवान र पहिरोको जोखिम हुनसक्ने चेतावनी दिएका छन् ।

आँधीका कारण हजारौं घरहरुमा विद्युत् आपूर्ति बन्दभएको छ र ठूलो भौतिक सम्पत्तिमा क्षति भएको छ । आँधीका कारण सयौं हवाई सेवा, रेल तथा डुंगा सेवा रद्द गरिएका छन् ।ओसाकाको कान्साई अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत डुवानमा परेको छ ।जापानमा सन् १९९३ मा आएको शक्तिशाली आँधीमा परेर ४८ जनाको मृत्यु भएको थियो । यो आँधी त्यसयताकै सबैभन्दा शक्तिशाली भएको अधिकारीहरुले बताएका छन् ।
-एजेन्सी

प्रकाशित मिति : २०७५, २० भाद्र बुधबार  ८ : ०४ बजे

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा