२०८३, ३१ जेष्ठ सोमबार

कर्मचारीले पार्टीप्रति होइन, मुलुकप्रति प्रतिबद्ध हुनुपर्छः सभापति देउवा

कर्मचारीले पार्टीप्रति होइन, मुलुकप्रति प्रतिबद्ध हुनुपर्छः सभापति देउवा


काठमाडौँ, १९ भदौ : नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीले नेपाल र नेपाली जनताप्रति प्रतिबद्ध भएर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “कर्मचारीले पार्टीप्रति होइन, मुलुक र मुलुकवासीप्रति प्रतिबद्ध भएर काम गर्नुपर्छ भन्ने मान्यता काङ्ग्रेसको छ ।”

सभापति देउवाले वर्तमान सरकारले कर्मचारी संयन्त्रलाई पार्टीप्रति प्रतिबद्ध कर्मचारीतन्त्र बनाउन खोजिएको आरोप लगाउँदै पछिल्लो समयमा कर्मचारी संयन्त्र, न्यायालय र प्रहरी प्रशासनलगायत क्षेत्रमा बढ्दै गएको राजनीतिक हस्तक्षेपप्रति दुःख व्यक्त गर्नुभयो । काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारको काम तथा व्यवहारवाट जनता निराश हुन थालेको बताउँदै प्रेस, व्यापारी, प्रशासन र न्यायालयमा हस्तक्षेप बढ्नु मुलुक र लोकतन्त्रका लागि राम्रो होइन भन्नुभयो ।

काङ्ग्रेसका नेता एंव पूर्वमन्त्री शंकर भण्डारी र नेतृ कमला पन्तले सङ्घीयता नेपालमा पहिलोपटक लागू भएकाले केही समस्या देखिएपनि पनि कर्मचारीले इमान्दारीपूर्वक काम गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । आधिकारिक टे«ड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल, युनियन (सङ्घ) का पूर्वमहासचिव जीतबहादुर कँडेल, पूर्वअध्यक्ष सुबोधकुमार देवकोटा, शोभाकर रेग्मी तथा वर्तमान अध्यक्ष गोपालप्रसाद पोखरेलले प्रस्तावित सङ्घीय निजामती सेवा ऐन कर्मचारीको हितमा नभएकाले यसमा व्यापक संशोधन गर्न सरकारसंग आग्रह गर्नुभयो ।

सो अवसरमा सभापति देउवाले नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) विकास तथा विस्तारमा उल्लेखनीय योगदान दिने पूर्वउपाध्यक्ष रुद्र खनाललाई रु ५१ हजार नगदसहित सम्मान गर्नुभयो । यसैगरी युनियनसंग आवद्ध ७२ जना पूर्वकर्मचारीलाई पनि कार्यक्रममा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १९ भाद्र मंगलबार  ९ : ४९ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क