२०८३, २० श्रावण बिहीबार

नेपाली सेना चीन, पाकिस्तान र श्रीलंकासँग सैन्य अभ्यास गर्दै

नेपाली सेना चीन, पाकिस्तान र श्रीलंकासँग सैन्य अभ्यास गर्दै


काठमाडौं, भदौ १९ : नेपाली सेनाले चीन, पाकिस्तान र श्रीलंकासँग द्विपक्षीय सैन्य अभ्यास गर्ने भएको छ। बिम्स्टेक मुलुकका सेनाप्रमुखको उपस्थितिमा भारतको पुणेमा गरिने संयुक्त सैन्य अभ्यासलगत्तै यी मुलुकसँग सैन्य अभ्यास गर्न लागिएको हो।‘नेपालको परराष्ट्र मामिला र सुरक्षा नीति’मा आधारित रहेर सैन्य अभ्यासले मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धको दायरा बढाउने नेपाली सेनाले जानकारी दिएको छ।

बिम्स्टेक शिखर सम्मेलनअगावै यस प्रकारको अभ्यासको टुंगो लागेको सेनाको भनाइ छ। प्रधानसेनापति राजेन्द्र क्षत्री बिदामा बस्ने अघिल्लो दिन साउन २३ मा आफ्ना सकल दर्जा, अधिकृत र रथीलाई दिएको ९२ बुँदे बिदाइ सम्बोधनको ४७ र ४८ नम्बर बुँदामा सैन्य अभ्यासबारे उल्लेख भएको छ।‘यसमा सहभागी मुलुकबीचको अनुभव र उत्कृष्ट अभ्यास आदानप्रदान हुन्छ’, नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भने, ‘सरकारको निर्णयमा अन्तर्राष्ट्रिय स्तरका अभ्यासमा सेना सहभागी हुने गरेको छ।’ अभ्यासलाई सैन्य कूटनीतिका साथै नेपाली सेनाको वृत्ति विकासको अवसरका रूपमा लिएको पनि उनले बताए।

बिम्स्टेक राष्ट्रका सेनाको सहभागितामा अभ्यास हुने तर त्यहाँ नेपाली सेना नजाने हो भने कस्तो सन्देश जाला र त्यसले हाम्रो कूटनीतिलाई कसरी हेरिएला भन्ने कोणबाट पनि बहस हुनुपर्ने सैन्य अधिकारीले बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेक सम्मेलनमै सैन्य अभ्यासको विषय राखेपछि यो चर्चामा आएको हो।
-अन्नपुर्ण पोष्ट

प्रकाशित मिति : २०७५, १९ भाद्र मंगलबार  ७ : ०८ बजे

ओली ब्याक भएपछि कोशीमा हिक्मत कार्कीलाई निरन्तरता, उपयुक्त समयमा मात्रै नेतृत्व परिवर्तन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने अडान

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेजमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले अब पिपल्स

‘दोहोरो मापदण्ड बन्द गर, कि माफी माग कि राजीनामा देउ’: सरकारमाथि शंकर पोखरेलको कडा प्रहार

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको दोहोरो

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याव नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा