२०८३, १ भाद्र मंगलबार

वैदेशिक रोजगार कल्याणकारी कोषमा ५ अर्ब ६५ करोड

वैदेशिक रोजगार कल्याणकारी कोषमा ५ अर्ब ६५ करोड


काठमाडौं, भदौ १९ : वैदेशिक रोजगारीमा जाने नेपाली युवाले कल्याणकारी कोषमा जम्मा गरेको रकम ५ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी पुगेको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदराले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकम हालसम्म ५ अर्ब ६५ करोड ७२ लाख ३१ हजार ७ सय ८ रुपैयाँ पुगेको हो ।

यसरी जम्मा भएको रकममध्ये कमदारको सामाजिक सुरक्षा र कल्याणकारी कार्यका लागि गत बर्ष ६० करोड १८ लाख ७२ हजार २ सय ८७ रुपैयाँमात्र खर्च भएको थियो । यसरी हेर्दा गत बर्षसम्म कोषमा खर्च कटाएर ५ खर्ब ६५ करोड रुपैयाँ मौज्दात रहेको छ ।
अघिल्लो बर्ष कोषमा ४ अर्ब २० करोड मौज्दात थियो ।

रोजगारीका लागि विदेश जाने कामदारले कोषमा अनिवार्य रुपमा बुझाउनुपर्ने रकम जम्मा भएर ६ बर्षमा ५ खर्ब ६५ करोड ७२ लाख ३१ हजार ७ सय ८ रुपैयाँ पुगेको हो ।
-कारोवार दैनिक

प्रकाशित मिति : २०७५, १९ भाद्र मंगलबार  ६ : ५८ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा