२०८३, २९ श्रावण शनिबार

जेलबाट ४०० जना बन्दी फरार

जेलबाट ४०० जना बन्दी फरार


त्रिपोली, १८ भदौ: लिबियाको राजधानी त्रिपोलीमा रहेको ऐन जारा कारागारबाट चार सय जना बन्दीहरु फरार भएका छन् । सरकारी सुरक्षाकर्मीहरु र लडाकूहरुबीच भिडन्त भएपछि आइतबार उनीहरु भागेको अधिकारीहरुले जनाएका छन् । “ऐन जारा कारागरको सेक्सन एमा विद्रोहीहरुले हस्तक्षेप गरेर चार सय जना कैदीहरुलाई भगाएका छन्.,” न्यायिक प्रहरी विभागका एक अधिकारीले भने । उनका अनुसार लडाकूहरुले बन्दुकको ठूलो आवाज सुनाएर तर्साएका थिए ।

बन्दीहरुले जेलको ढोका र सुरक्षा गार्डहरुलाई हटाएर भागेका हुन् । उनीहरुको खोजी कार्य सुरु गरिसकिएको सरकारी अधिकारीहरुले जनाएका छन् । जेलका सुरक्षाकर्मीले आफ्नो ज्यान बचाउनका लागि भागेको बताइएको छ । घटनास्थल दक्षिणी त्रिपोलीमा पर्दछ । प्रत्यक्षदर्शीहरूले आइतबार सुरु भएको झडप सोमबार बिहानसम्म चलेको बताएका छन् । पछिल्ला केही दिनमा त्रिपोलीमा जारी हिंसामा परी मृत्यु हुनेको संख्या ४१ पुगेको छ भने १२३ जना घाइते भएका छन् । ती मध्ये धेरै सर्वसाधारण नागरिक रहेको समाचारमा जनाइएको छ ।
-रासस÷सिन्ह्वा

प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार  ९ : २६ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका