२०८३, २२ आश्विन शुक्रबार

धादिङको त्रिशूली नदीमा रातभरी मेशिन चल्यो, प्रहरी प्रशासन मौन,जनप्रतिनिधि मूकदर्शक

धादिङको त्रिशूली नदीमा रातभरी मेशिन चल्यो, प्रहरी प्रशासन मौन,जनप्रतिनिधि मूकदर्शक


काठमाडौँ, १८ भदौ  :  धादिङ स्थानीय प्रशासनले नदीको सतह र धार नै परिवर्तन गर्ने गरी नदीबाट वालुवा झिक्न रोक लगाएको भनिएपनि धादिङको त्रिशूली नदीबाट रातीको समयमा मेशनि प्रयोग गरेर बालुवा निकाल्ने क्रम रोकिएको छैन ।

त्रिशूली नदीबाट रातीको समयमा मेशिन प्रयोग गरेर स्थानीय वालुवा व्यवसायीहरुले गैर कानूनी ढंगबाट नदीबाट नियमविपरित बालुवा उत्खनन् गरिहेकोप्रति स्थानीयबासिन्दाले गुनासो गरेका छन् ।रातीको समय पारेर नदीबाट बालुवा निकाल्ने गरेको स्थानीयबासिन्दाको भनाई छ ।

नदीमा मेशिन प्रयोग गरेर वालुवा झिक्न नपाईने नियमलाई वेवास्ता गर्दै रातको समय पारेर धादिङको त्रिशूली नदीबाट खुलेआम वालुवा झिक्ने काम बढे पनि जिल्लाको स्थानीय प्रशासन र प्रहरी भने मौन बस्दै बस्दै आएको जनप्रतिनिधिहरुको गुनासो छ ।

धादिङको गल्छी र गजुरी गाउँपालिकामा पर्ने त्रिशूली नदी खण्डका विभिन्न स्थानमा रातीको समयमा ठुला मेशिन प्रयोग गरेर वालुवा झिक्ने गिरोह सक्रिय रहेको र त्यस्ता गिरोहलाई स्थानीय प्रहरी प्रशासनले समेत साथ दिईरहेको गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले वताउनु भएको छ ।

दिउँसो मेशिन थन्क्याएर राख्ने र रात परेपछि खोलाभरी मेशिन लगाउने कार्य बढ्दै गएको र त्यस्ता मेशिन नियन्त्रणमा लिनका लागि स्थानीय प्रहरीसंग सहयोग माग्दा सहयोग नपाएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले वताउनु भएको छ ।

शुक्रवार राती गल्छी गाउँपालिका वडा नम्बर ४ को विभिन्न स्थानमा मेशिन चलिरहेको खबर आएपछि प्रहरीलाई ति स्थानमा गएर मेशिन नियन्त्रणमा लिनका लागि आग्रह गर्दा खोलाबाट मेशिन हटाईएको र ति स्थानहरुमा नदीबाट वालुवा निकालेर थुप्रो लगाईएको गाउँपालिकाले जनाएको छ ।

धादिङको अन्य गाउँपालिकामा भन्दा गल्छी गाउँपालिकामा वालुवा उत्खननका बिषयमा व्यवसायी र गाउँपालिकाको बिचमा असहमती रहँदै आएको छ । यसरि नदीमा मेशिन प्रयोग गरेर अवैज्ञानिक तवरले नदीबाट बालुवा निकाल्दा नदीको गहिराइ बढ्ने र माथिल्लो भागमा नदीले कटान गर्ने सम्भावना बढी हुन्छ ।

नदीले नियमित बग्ने मार्ग परिवर्तन गर्नसक्छ र त्यसले तल्लो क्षेत्रमा बाढी बढ्ने खतरा हुन्छ । सिमित व्यक्तिको छिटो धन कमाउने लोभले प्राकृतिक सम्पदाकोमा दोहन बढिरहेको छ ।
केशव अधिकारी

प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार  ५ : २० बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य