२०८३, २२ आश्विन शुक्रबार

बुटवल उप–महानगरपालिकाले कृषकलाई बाल्टी उपहार

बुटवल उप–महानगरपालिकाले कृषकलाई बाल्टी उपहार


बुटवल, १८ भदौ बुटवल उप–महानगरपालिकाले कृषकलाई बाल्टी वितरण गरेको छ ।  किसान लक्षित कार्यक्रमअन्तर्गत उपमहानगरपालिका– १४ का ग्रामीण भेगका कृषकलाई बाल्टी उपलब्ध गराइएको हो ।

वडाका भेलभरिया, उजेलापुर, विनायकपुरलगायत टोलका झण्डै १०० किसानलाई उपप्रमुख गुमादेवी आचार्यले बाल्टी हस्तान्तरण गर्नुभयो । ‘गोठदेखि ओठसम्म सफा दूध’ सङ्कल्पलाई साकार पार्न उहाँले किसानलाई आग्रह गर्नुभयो । समृद्धिका लागि कृषि र पर्यटनलाई आधार बनाएर सोहीअनुरुप कार्यक्रम चालू आवको बजेटमा समावेश गरिएको आचार्यले बताउनुभयो ।

सो अवसरमा वडाध्यक्ष दधिराम न्यौपानेले वडाले किसानको दुग्ध उत्पादन क्षमताका आधारमा चरणबद्धरुपमा कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो । उपमहानगरपालिकाले समृद्ध बुटवल सुखी जनताको सङ्कल्पका साथ समृद्धिका आधार तय गर्दै तिनै आधारलाई साकार पार्न कार्यक्रम बनाएको प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । उपमहानगरका १९ वटै वडामा उत्पादनको अवस्था र सम्भावनाबारे अध्ययन गर्दै आवधिक र दीर्घकालीन महत्वका योजना छनोट गरिएको छ ।

प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार  २ : ५३ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य