२०८३, २५ आश्विन सोमबार

शहीदको योगदान बिर्सन हुँदैन :देउवा

शहीदको योगदान बिर्सन हुँदैन :देउवा


चितवन, १७ भदौ : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले शहीदले पु¥याएको योगदानलाई देशले कहिल्यै बिर्सन नहुने बताउनुभएको छ । पश्चिम चितवनको शारदानगरमा आज साँझ आयोजित शहीद परिवारलाई सम्मान तथा नेपाल–भारत मैत्री सांस्कृतिक कार्यक्रममा बोल्दै उहाँले शहीदको सपना पूरा गर्नुपर्ने बताउनुभयो ।

धर्मोदय युवा क्लब शारदानगरसहित त्यस क्षेत्रका विभिन्न सङ्घसंस्थाले संयुक्तरुपमा आयोजना गरेको सो कार्यक्रममा देउवाले शहीदको रगतले देशमा ऊर्जा प्राप्त हुनुपर्ने भन्दै उनीहरुकै बलिदानले यो उपलब्धि प्राप्त भएको बताउनुभयो । देशको यो उपलब्धिलाई संरक्षण गर्न सके मात्र शहीदका सपना पूरा हुने उहाँको भनाइ थियो । देउवाले देशमा संसदीय बहुदलीय व्यवस्था प्राप्त हुनुमा शहीदकै योगदान रहेको बताउनुभयो ।

शहीदहरुले दिएको योगदानलाई आफ्नो पार्टीले कहिल्यै नबिर्सने बताउँदै उहाँले भन्नुभयो, “काङ्ग्रेस र देशले नै उहाँहरुले दिएको योगदानलाई कहिल्यै बिर्सनेछैन । उहाँहरुको सन्तानलाई पार्टीले सधैँ सहयोग गर्नेछ ।” सो अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले नेपाल र भारतको सम्बन्ध पुरानो रहेको भन्दै आगामी दिनमा अरू प्रगाढ बन्दै जाने बताउनुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँडले शान्ति र समृद्धि प्राप्ति गर्न सके मात्र शहीदहरुप्रति श्रद्धा हुने बताउनुभयो ।

विसं २००७ देखि २०४६ सालसम्म शहादत प्राप्त गरेका शहीद परिवारलाई नेपाली काङ्ग्रेसका सभापति देउवा र भारतीय राजदूत पुरीले सम्मान गर्नुभएको थियो । विसं २००७ साल चितवनको पहिलो शहीद बन्नुभएका धर्मध्वज गुरुङ, २०१८ सालमा शहादत प्राप्त गर्नु हुने इमानसिंह गुरुङ, लालध्वज गुरुङ, बुद्धसिंह लामा, हरिबहादुर गुरुङ, शेरबहादुर गुरुङ, खेमबहादुर गुरुङका र २०४६ सालमा शहादत प्राप्त गणेश पौडेलको परिवारलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०७५, १७ भाद्र आईतबार  १० : ०९ बजे

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका

पदीय दुरुपयोग सह्य हुँदैन, प्रहरी संगठन बदनाम गर्ने छुट छैन : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले व्यक्तिगत स्वार्थ,

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र