२०८३, ३० जेष्ठ आईतबार

मन्त्रीलाई कालो झन्डा देखाउँदा राज्यविप्लवको मुद्दा

मन्त्रीलाई कालो झन्डा देखाउँदा राज्यविप्लवको मुद्दा


काठमाडौँ, १७ भाद्र : संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव उपस्थित कार्यक्रममा कालो झन्डा देखाउँदै होहल्ला गरेको अभियोगमा पक्राउ परी ७ भदौदेखि प्रहरी हिरासतमा राखिएका युवा राममनोहर यादवको मृत्यु भएको छ ।बिहीबार बर्दिया जिल्ला प्रहरी कार्यालयको हिरासतमै बेहोस भेटिएपछि उपचारका लागि निकालिएका राममनोहरको शनिबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो । २ दिनसम्म नेपालगन्जमा उपचार गर्दा स्वास्थ्यमा सुधार नभएपछि काठमाडौं ल्याइएका उनको उपचारकै क्रममा ज्यान गएको हो ।

बिहीबार बिहान ६ बजे हिरासतबाट जिल्ला अस्पताल पु-याइएका उनलाई प्राथमिक उपचारपछि प्रहरीले दिउँसो नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल लगेको थियो ।, यो खबर आजकोनयाँ पत्रिकामा छ ।

यसरी लाग्यो राज्यविप्लवको मुद्दा
भदौ ७ गते । संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव बर्दिया सदरमुकाम गुलरिया आएका थिए । कार्यक्रम सरकारी होइन, पार्टीको थियो । यादव प्रमुख अतिथिका रूपमा आमन्त्रित थिए । कार्यक्रमस्थल जिल्ला समन्वय समिति बर्दियाको सभाकक्ष फोरमका नेता–कार्यकर्ताले खचाखच भरिएको थियो ।

कार्यक्रम सुरु हुँदासम्म परिस्थिति शान्त थियो । तर, केहीबेरमै होहल्ला सुरु भयो । होहल्ला गर्नेमध्ये एक थिए– राममनोहर यादव । सिके राउतले नेतृत्व गरेको स्वतन्त्र मधेस गठबन्धनमा आबद्ध उनीसहित केही कार्यकता कार्यक्रम बिथोल्न उपस्थित रहेछन् ।

बर्दिया प्रहरीले तत्काल नियन्त्रणमा लियो । कार्यक्रम बिथोलेर आतंक सिर्जना गर्न खोजेको आरोप लगाउँदै राज्यविप्लवको मुद्दा दायर ग-यो । बाँकेको जानकी गाउँपालिका–६ गनापुरका ३० वर्षीय राममनोहरसहित हरपाल सिंह, इरफान शेख र राजितराम बर्मालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा एउटै कोठामा राखियो । राममनोहरको ज्यान गइसकेको छ, अरू हिरासतमै छन् ।

प्रकाशित मिति : २०७५, १७ भाद्र आईतबार  ८ : ११ बजे

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम