२०८३, ३ आश्विन आईतबार

घेदुङले तामाङ चलचित्र संघलाई बेवास्ता गरेको आरोप

घेदुङले तामाङ चलचित्र संघलाई बेवास्ता गरेको आरोप


काठमाण्डौँ/ तामाङ समुदायको मूख्य घटक तामाङ घेदुङ एक लौटी रुपमा चलेको गुनासो पुरानो होइन् । तामाङ समुदायकै विभिन्न संघ, संगठन र समूहलाई समेट्न कुनै पहल नगरेको आरोप लाग्दै आइरहेको छ । यस्तै आरोप लगाउने मध्येको एक हो ताामाङ चलचित्र संघ । शुक्रबार राजधानीमा भएकोे २३ औँ तामाङ चलचित्र प्रर्दशन दिवसका अवसरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष जेनिस लामाले घेदुङको कार्य शैलीलाई लिएर खुलेरै असन्तुष्टि प्रकट गरे । उनले एक लौटी ढंगबाट अघि नबढ्न समेत चेतावनी दिए ।

तामाङ चलचित्र संघको लगातार दुई कार्यकाल अध्यक्षको नेतृत्व सम्हालिरहेका लामाले आफुहरुलाई घेदुङले कुनै पनि कार्यक्रममा नसम्झने गरेको गुनासो पोखे । उनले सबैलाई समेट्नु पर्ने घेदुङ नै आफु खुशी चल्दा तामाङ समुदाय भित्र विभिन्न अभियान सञ्चालन गर्न निकै मुस्किल परिरहेको बताए । ‘घेदुङ जुन रुपमा अघि बढ्नु पर्ने हो, त्यसरी अघि बढ्न नसकेको हाम्रो ठम्याइ छ, उनले भने ‘तामाङ संघसंस्था र समूहलाई निषेध गरेर मूख्य घटक जान मिल्दैन् ।’ उनले तामाङ समुदायका लागि गरिने हरेक अभियानमा तामाङ चलचित्रकर्मीहरु सहभागि हुन इन्छुक भएपनि घेदुङले त्यो खालको वातावरण निर्माण गर्न कुनै तत्परता नजनाएको बताए । ‘कलाकार लिएर समुदायका माझ जादाँ तपाईहरुको अभियानमा कुनै असर पुग्दैन्, उनले भने ‘बरु सहज र सजिलै हामीले भन्न खोजेको कुरा पुर्याउन मद्दत पुग्छ ।’

तामाङ कलाकार संघका अध्यक्ष सञ्जीव वाईबाले घेदुङको कार्यशैलीकै कारण तामाङ समुदायको संस्कृति प्रवद्र्धनमा प्रभावकारी ढंगले काम अघि बढ्न नसकेको दाबी गरे । तामाङ चलचित्र र गीतसंगित पस्किने थलो पाउन निकै हम्मेहम्मे परेको भन्दै उनले उचित वातावरण निर्माणका लागि अघि बढे साथ दिन आफुहरु तयार रहेको बताए । ‘हामीले हाम्रो समुदायको संस्कृतिलाई उजागर गर्न अझै पनि सकिरहेका छैनौँ, उनले भने ‘आउनोस् हात्तेमालो गर्न हामी सधै तयार छौँ ।’

कार्यक्रममा नेपाल आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले नेपाल तामाङ घेदुङले आफ्ना समुदायका लागि चालेका अभियानमा तामाङ चलचित्रलाई जोड्न नसकेकोमा दुख ब्यक्त गर्दै छाता संस्थाहरुले सबैलाई समेटेर अघि बढ्नु पर्नेमा जोड दिए । तामाङ चलचित्र प्रदर्शन दिवसका अवसरमा तामाङ चलचित्र संघले तामाङ कला र संस्कृतिका क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउने विभिन्न विधाका ७ जना सृष्टालाई सम्मान गरेको थियो ।

प्रकाशित मिति : २०७५, १६ भाद्र शनिबार  ११ : २० बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका