२०८३, ७ कार्तिक शनिबार

गोरुले पनि गाईले जस्तै दूध दिनथालेपछि………(फोटो फिचर)

गोरुले पनि गाईले जस्तै दूध दिनथालेपछि………(फोटो फिचर)


सिन्धुपाल्चोक/ झट्ट सुन्दा अचम्म लाग्न सक्छ । के गोरुले पनि दूध दिन्छ ? एक ताका गायिका तारा थापा र रामथापाले त लोक गीत नै बनाए ‘गोरु भ्याउँदैन भनेर ।’ तर अचम्म मान्नु पर्ने कुरै रहने । सिन्धुपाल्चोकमा एक गोरुले गाईले जस्तै दूध दिएर सबैलाई चकित बनाइदिएको छ ।

जिल्लाको हेलम्बु गाउँपालिका वडा नम्बर ६ इचोक, पुरानागाउँका सोनाम तामाङले पालेको गोरुले दूध दिन थालेपछि अहिले उनको गोठमा हेर्न जानेको दिनहुँ घुईचो लाग्न थालेको छ । तामाङका अनुसार गएको जेठ महिनाबाट गारुले दूध दिन लागेको हो । गोरुले लैनु गाई र भैसीले झै बिहान, बेलुका नै दुध दिने गरेको छ । ‘बिहान, बेलुका गरी एक मानाभन्दा बढी दूध दिन्छ, गोरु धनी तामाङले भने ‘चारमध्ये २ वटा थुनबाट दूध आइरहेको छ ।’

सोनामले उक्त गोरु आफ्नै भाई फते तामाङबाट झण्डै एकवर्ष अघि किनेर लगेका थिए । गाउँपालिकाको पशु शाखा प्रमूख टोप बहादुर बरुवालले गोरुले दूध दिएको खबर सुनेपछि गाउँपालिकाका प्रमूखको नेतृत्वमा सोनामकै गोठमा एक टोली पुगेर जानकारी लिएको बताए । ‘बिहान, बेलुका गरी एक मानाको हाराहारीमा उक्त गोरुले दूध दिने गरेको स्वीकार गर्दै उनले भने ‘हामीलाई पनि निकै अनौठो लाग्यो, यसको अनुन्धानका लागि केन्द्रिय अनुन्धान टोली नै आउने जानकारी पाएका छौँ ।’

ब्याउँदै नब्याइ गोरुले दूध दिएपछि सबै चकित बनेका छन् । सोनामको गोठमा पुग्नेहरुले भगवानको प्रसादको रुपमा दूध खाने गरेका छन् ।

प्रकाशित मिति : २०७५, १६ भाद्र शनिबार  ९ : १६ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट